पक्राउ परे बैंकका प्रमुख ।

काठमाडौँ, ३० वैशाखः
केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ ।

__________ बिज्ञापन____________

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

__________ बिज्ञापन____________

ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिृकत पाण्डे ‘लोन रिकभरी कमिटी’को अध्यक्षको हैसियातमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ ।

मोबाइल फोन स्वीचअफ गरी भाग्दै गरेको अवस्थामा पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिइएको प्रहरी टोलीको सहयोगमा कमलामाई नगरपालिका–६ बाट सवारी जाँचका क्रममा पक्राउ गरिएको हो ।

स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेका कारण २०८० वैशाख ३ गते अनुमति स्वतः रद्द भएको थियो । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार प्राधिकरणले उक्त सम्पत्ति नियन्त्रणमा लिएको थियो । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
47 views
सम्बन्धित खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
आजको राशिफल।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
भजन संस्कृतिको संरक्षणमा जोड दिदै गुरुकुल ।
भानु नगरपालिका ।
आजको राशिफल।
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
ताजा खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
पक्राउ परे नुवाकोटका हत्या आरोपित ।
जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।