सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?

ज्येष्ठ १ गते शुक्रबार ।

__________ बिज्ञापन____________

काठमाडौं संवाददाता ।

__________ बिज्ञापन____________

बधाई छ नेपाली हो हामी सबैलाई
हामि हरू माथी जसले जे फ्याँके पनि त्यसलाइ सहर्ष स्वीकार गर्ने dustbin नै भयौं, सामान्य पशु पन्छी ले त आफ्नो अस्तित्व रक्षाको लागी प्रतिकार गर्छ भने हामी त पशु भन्दा पनि नीच भयौं,,
आफनो लागी हित अहित सहि गलत राम्रो नराम्रो छुट्याउन सक्ने भगवान् ले हामीलाई अन्य प्राणी भन्दा विशिष्ट मन् र मस्तिष्क दिएको छ त्यसको प्रयाेग कहीले गर्ने?

सरकार ले सबै क्षेत्र मा डिजीटलकरण गर्ने कागजी प्रमाण नष्ट गर्ने भन्ने कानून पारीत गराएका छन् रुपैयाँ पैसा को नाममा चलाइएको बैंक नोट लाई पनि प्रतिबन्ध गर्ने निर्णय अधी सारेको के यो हाम्रो सहमति मा भएको छ?
“के हो सबै क्षेत्रमा डिजिटलाइजेसन गर्ने भनेको ?
यो भनेको सिधासिधी नेपाल र नेपाली लाई विदेशी को हातमा सुम्पनु हो। पृथवीनारायण शाह ले इष्ट इन्डिया कम्पनी विरुद्ध लडेर जोगाएको देश त्यही कम्पनी लाई बेच्नु हो नेपाली लाई विदेशी को दास बनाउनु हो;;
अहिले हामिले रुपैयाँ मानेर चलाउँदै आएको बैंक नोट वास्तवमा रुपैयाँ नभएर रुपैयाँको पर्ची हो यसमा कमसेकम बैंक ले रुपैयाँ उपलब्ध गराउँछु भनेर प्रतिबद्धता जनाएको त छ यदी भोलि बैंक नामको लुटेरा भागेको खण्डमा सरकार सङ्ग माग दावी गर्ने कागजी नोट त छ यदी यो पनि नरहे हाम्राे श्रोत साधन सम्पत्ति को आधार के र यसकाे सुरक्षा कसरि हुन्छ, के यो बारेमा कसैले सोचेको छ?
के हो कागजी नोटको अन्त्य र डिजीटल कारोबार गर्ने भनेको यसकाे गहिराइ मा गएर कसैले बुझेको छ? यसकाे प्रयाेग केबल सफ्टवेयर जडित मोबाइल वा कम्प्युटर मा इन्टरनेट को सहारा मा मात्र हुने गर्दछ,, विचार गरौँ कुन मोबाईल को सर्वर नेपाल र नेपालि को अधीनमा छ एन्ड्रोइड नेपालको हो? आईओएस नेपाल काे हो? माइक्रोसफ्ट नेपाल काे हो गुगल या यस्तै अन्य जतिपनि ब्राउजर छन के तिनिहरु नेपाल र नेपाली काे अधीनमा छन? छैनन् भने सरासर यो देश आर्काको हात मा बुझाएको होइन? यिनीहरु लाई यस्तो गर्न कसले अनुमति दियो। यदि कागज नोट प्रतिबन्धित भए को अवस्थामा नेपालमा भएका अधिकांश नेपाली जो बैंक को पहुँच भन्दा टाढा छन वा अनपढ छन डिजिट कारोबार गर्न जान्दैनन वा इन्टरनेट को पहुच भन्दा टाढा छन तिनको लागि यो कसरी उपयोगी हुन्छ? नेपाली खानामा परनिर्भर छन पेट मा जोड ले भोक लागेको छ मोबाइल मा डिजिट पनि छ तर इन्टरनेट छैन भने के गर्ने? प्राकृतिक बिपत्ति आउँदा कैयौं दिन बत्ती जान्छ त्यो अवस्था मा के गर्ने भोकै मर्ने अब नेपालि?
सबैभन्दा ठूलो खतरा साइबर हमला भै आफ्नो खाताको डिजिट रकम सवै उडे मा यसको जवाफदेही कसले लिने??? यस बारेमा कुनै कुरा खुलाइएको छैन,अहलेसम्म विश्वका धेरै ठाउँमा यस्ता घटना कति भैसके तर तिनीहरु काे सुनवाई भएको छैन।
यदि सरकार नामको साम्राज्यवादी को बुख्याचालाई सुरुवात मा नै नरोके अब हर क्षेत्रमा दिजिटलाईजेसन हुनेछ हाम्रो सबै सम्पत्ति जग्गा जमिन काे प्रमाण डिजिटल हुनेछ त्यसपछि साइबर हमला को बहाना गरी हामी सबैलाई कंगाल र बेघरबार बनाउन साम्राज्यवादी सैतान ले यो नीति ल्याएको छ, त्यसैले यो नीतिको अनिवार्य विरोध गर्न आवश्यक छ।
नेपालमा नेपाली जनसङ्ख्याभन्दा धेरै संघ संगठन र संस्था हरू छन्। ती सबै नेपाली काे घर परिवार समाज र राष्ट्र भाँडन लाई साम्राज्यवादी ले खोलिदिएका हुन् जसको शिर्षस्थान मा साम्राज्यवादी ले आफ्नो पाल्तु कुकुर राखेको छ त्यसले हामीलाई कहिले पनी मिल्न दिँदैनन् एक अर्कालाई लडाउने मात्र गर्छ त्यसैले आज नेपाल यस्तो अवस्थामा आइपुगेको हो
यहाँ धर्म गुरु नामको अधर्मी देखि लिएर जनावर को हिंसा गर्ने कसाई को संगठन छ पत्रकार नामको भ्रम प्रचारक देखि लिएर दूषित संक्रमण फैलाउने टिचर मास्टर नामको परजीवी काे पनी संगठन छ ज्यालादारी मजदुर देखि माफिया काे कमारो उद्योगी व्यापारी नामको बिचौलिया को पनी संगठन छ, कानुन विद र कानुन व्यवसायी नामका कसाई भन्दा पनी क्रूर देखि न्यायमूर्ति नामका बुख्याचा का पनी संगठन छन सबै तह तप्का उमेर पेसा मा आश्रित सबैका संघ संगठन र समुह छन महिला का सङ्गठन छन पुरुष का सङ्गठन छन वृद्धका संगठन छन् प्रौढ का सङ्गठन छन युवा का सङ्गठन छन बच्चा का सङ्गठन छक्का का सङ्गठन ती सबै नेपाली नेपालि बीच फुटाउन लाई कसैले खोलिदिएका हुन, त्यसैले हामी यी सबै बाट मुक्त भएर नेपाली बनौं एक अर्काको सहयोगी बनौं सहकार्य गरौँ हाम्रो श्रोत साधन सम्पति को रक्षा गरौँ, जल जंगल जमिन लाई आफ्नो पहुँच र अधिनमा राखौं आफ्नो र आफ्ना सन्तान को स्वास्थ्य र भविष्य को जिम्मेवारी आफैंमा निहीत राखौं आफू र आफ्ना सन्तान काे भविष्य सुनि्श्चित राखौँ। याे देश हाम्रो हो यो देश का मालिक हामी हौं हामीले चयन गरेर तलब खुवाएर सत्तामा राखेका पियन देखि मुख्य सचिव सम्म र वडा सदस्य देखि राष्ट्रपति सम्मका हाम्रा भतुवा हुन, त्यसैले यिनलाई हाम्राे हित विरुद्ध जाने अधिकार छैन। यो सम्पूर्ण कुरामा डिजिटलाइेसन गर्ने निर्णय अनिवार्य खारेज हुनुपर्छ यसकाे विरुद्ध आवाज उठाऔं दवाब दिऊँ बिद्रोह गरौँ।
राष्ट्र बचाउ
मौलिकता जोगाऔँ
प्रकृति एवम पर्यावरण को रक्षा गरौँ
नेपाली नेपाली बिच एकता कायम राखौं
जय जननि जय जन्मभुमि

लेखक घमा भृट्टराई लेख्नु हुन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
47 views
सम्बन्धित खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
आजको राशिफल।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
भजन संस्कृतिको संरक्षणमा जोड दिदै गुरुकुल ।
भानु नगरपालिका ।
आजको राशिफल।
देशको सामुदायिक बिद्यालय प्रति शिक्षक दोषी हुन?
ताजा खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
पक्राउ परे नुवाकोटका हत्या आरोपित ।
जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।