प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
काठमाडौँ, वैशाख ३० गते ।
राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सङ्घीय संसद, प्रतिनिधिसभाको सचिव पदमा श्री प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको हो।
संखुवासभा जिल्ला निवासी अधिकारीलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बुधबार राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार यो नियुक्ति आजै (२०८३ साल वैशाख ३० गते) देखि लागू भएको छ।
अमरराज नहर्की।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1