गुरुङका छोरा हुँ, बोर्डिङ स्कुलमा नेपाली पढाउँछु” — शिक्षक शिव गुरुङको प्रेरणादायी सफलता
जेठ ३०,२०८३
तनहुँको व्यास नगरपालिका–१० डिही गाउँस्थित सतिस बोर्डिङ स्कुलका नेपाली विषय शिक्षक शिव गुरुङले २०८२ सालको SEE परीक्षामा पनि उत्कृष्ट सफलता हासिल गरेका छन्।
विगतका वर्षझैँ यस वर्ष पनि उनले अध्यापन गराएका विद्यार्थीहरूले ४ GPA सहित शतप्रतिशत उत्तीर्ण हुन सफल भएपछि विद्यालय तथा स्थानीय स्तरमा खुसीको वातावरण छाएको छ।
“गुरुङका छोरा हुँ, बोर्डिङ स्कुलमा नेपाली विषय पढाउँछु” भन्ने आत्मविश्वास बोकेका शिक्षक गुरुङले निरन्तर मेहनत, नियमित अभ्यास र विद्यार्थीप्रतिको समर्पणमार्फत उत्कृष्ट नतिजा निकाल्दै आएका छन्। विद्यार्थीमैत्री शिक्षण शैली, अतिरिक्त अभ्यास तथा नियमित मार्गदर्शनका कारण सतिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउँदै आएका छन्। स्थानीय अभिभावक तथा शिक्षा क्षेत्रका व्यक्तिहरूले पनि शिक्षक गुरुङको प्रशंसा गर्दै उनको योगदानलाई अनुकरणीय बताएका छन्।
शिक्षक शिव गुरुङको यो सफलता केवल विद्यालयको मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाकै शिक्षा क्षेत्रका लागि प्रेरणाको विषय बनेको छ।
प्रतीक गुरुङ ।