बिश्वबिद्यालय र बिद्यालय बारे डा अधिकारी को धारणा।

बैशाख ३० गते बुधबार ।

__________ बिज्ञापन____________

काठमाडौं संवाददाता ।

__________ बिज्ञापन____________

बिद्यालय र बिश्वबिद्यालय बिच राजनीतिक मापदण्ड कायम हुन किन आवश्यक छ ?

शैक्षिक   संस्था र राजनीतिको अन्तरसम्बन्धको सवालमा विद्यालय तह र विश्वविद्यालय तहको मापदण्ड एउटै हुनुपर्छ भन्ने जिद्दी उचित होइन । विद्यालयका शिक्षकहरू राजनीतिक पार्टीमा संलग्न हुनुहुँदैन तथा मतदान बाहेकका राजनीतिक क्रियाकलापसँग पूर्णतः असम्बद्ध रहनुपर्छ, तर विश्वविद्यालयका प्राध्यापकहरू देशको शैक्षिक, सामाजिक, सांस्कृतिक आदि जस्तै राजनीतिक मामिलामा पनि अग्रणी भूमिकामा रहनुपर्छ ।
विश्वविद्यालयमा विद्यार्थीहरूले “राजनीति गुरुबाट सिकून्” भन्नुको तात्पर्य गुरुहरू राजनीतिमा विज्ञ हुनुपर्छ भन्ने हो । संसारका कतिपय देशहरूमा प्राध्यापकले विश्वविद्यालयको स्थायी सेवामा रहेकै अवस्थामा पनि राजनीतिक पार्टीको पदाधिकारी बन्न पाउने, निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने, सांसद तथा मन्त्री जिम्मेवारीमा रहन पाउने जस्ता प्रावधान पनि रहेको देखिन्छ । नेपालमा प्राध्यापकहरूको राजनीतिक सक्रियताको सीमा के, कस्तो, कति बनाउने भन्नेमा सार्वजनिक विचार विमर्श गर्न सकिन्छ । प्राध्यापकहरू राजनीतिबाट पूर्णत: असम्बद्ध रहनुपर्छ भन्नु चाहिँ अनुचित हो ।
मेरो आफ्नै कुरा गर्नुपर्दा म कुनै राजनीतिक पार्टीको सदस्य वा पदाधिकारी नभएतापनि देशको राजनीतिमा सकारात्मक हस्तक्षेप गर्न सक्रिय रहिआएको छु । यो भूमिका वर्तमान र भविष्यमा पनि आवश्यक छ भन्ठान्छु ।
डा निर्मलमणी अधिकारी लेखक)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
47 views
सम्बन्धित खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
आजको राशिफल।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
भजन संस्कृतिको संरक्षणमा जोड दिदै गुरुकुल ।
भानु नगरपालिका ।
आजको राशिफल।
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
ताजा खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
पक्राउ परे नुवाकोटका हत्या आरोपित ।
जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।