देशको सामुदायिक बिद्यालय प्रति शिक्षक दोषी हुन?

ज्येष्ठ १ गते शुक्रबार ।

__________ बिज्ञापन____________

काठमाडौं

__________ बिज्ञापन____________

सम्पादकीय ।

२०८२को एस इ इ र नतिजाले हल्लाउँदै छ सामुदायिक बिद्यालय र शैक्षिक जग।

के शिक्षकमात्रै दोषी छन्।?अभिभावक र बिद्यार्थी पनि सुध्रिनु पर्दैन ।पढाइमा रुचि घट्दै जानू र मोबाइलको लगाव बढ्नु पनि प्रमुख कारण हुन सक्छन् ।

के शिक्षक चाहिँ दोषी छैनन् त?

समयमा कोर्स पूरा नगर्ने ,ट्यूसनमा अकुत सम्पत्ति आर्जित गर्ने स्रोत बनाउने , पनि शैक्षिक बिकृति हुन।

शिक्षक को अभाव ,बिषय बस्तुमा कमजोरी र सक्षमलाई असक्षम बनाउने परिपाटी पनि दोषी छ?

कतिपय बिद्यालयमा प्रा वि र निमाविका शिक्षकले बलजफ्ती फड्को मारेर कक्षा सञ्चालन गर्नु पनि शैक्षिक गुणस्तर कमजोर पार्नु हो।

तलवको घण्टी मात्रै कुर्ने कि बिद्यालय शिक्षा सुधार्ने ?
​बिद्यालयको आँगनमा घाम तापेर क्याम्पसको कोठामा पसिना बगाउने सरकारी बिद्यालयका ‘महामहिम’ प्राध्यापकहरूलाई देख्दा लाग्छ— यिनीहरू शिक्षक होइनन्, बहुराष्ट्रिय कम्पनीका ‘आउटसोर्सिङ’ एजेन्ट हुन्। सरकारी ढुकुटीबाट मोटो तलब बुझ्ने, तर आफ्नो बौद्धिक ऊर्जा भने बिद्यार्थी र बिद्यालयको पोल्टामा सुम्पिन नखोज्ने बरु फुल टाइम बिद्यालयको सेवामा तिलाञ्जलीद दिएर पार्ट टाइम प्राध्यापक बन्ने यी ‘डबल एजेन्ट’ हरूको निष्ठा देख्दा नैतिकताले पनि लाज मानेर राजीनामा दिइसक्यो होला। बिद्यालयको नाम बेचेर क्याम्पसको ‘डेली वेज’ मा खटिने यी प्राध्यापकहरूका लागि बिद्यालय को सरकारी सेवा त केवल सामाजिक प्रतिष्ठा जोगाउने ‘विजिटिङ कार्ड’ र बुढेसकालको ‘पेन्सन फन्ड’ मात्र बनेको छ।
​बिद्यालयको वेतन खाएर क्याम्पसमा बुट्टा भर्ने यस्तो ‘बौद्धिक व्यभिचार’ लाई सरकारले नै अनुमति दिएर संस्थागत गरिरहनु झन् विडम्बनापूर्ण छ सरकारले बिद्यालयका शिक्षकलाई क्यापसमा पढाउने परिपाटीको अन्तय गर्नु जरुरी छ। एकातिर सरकारी शैक्षिक गुणस्तर खस्किएर विद्यार्थीको भविष्य खाल्डोमा पर्दैछ, अर्कोतिर तिनै गुरुबाहरू क्याम्पसको एसी रुममा बसेर ‘शिक्षाको व्यापार’ मा मलजल गर्दैछन्। कुनै पनि सरकारी सेवाको कर्मचारी शिक्षक,निजामती ,डाक्टर हुन् वा प्राध्यापक, सरकारी फुलटाइमलाई ‘विश्रामस्थल’ र पाटटाइमलाई ‘कर्मथलो’ बनाउने यो प्रवृत्तीले देशको सार्वजनिक शिक्षा र स्वास्थ्यलाई एउटा यस्तो लास बनाएको छ, जसलाई यिनै ‘विद्वान्’ हरू पालैपालो चिथोर्दैछन्। आखिर, नैतिकता बेचेर आएको पैसाले किनेको चश्माले कसरी देखुन् त यिनले सामुदायिक बिद्यालय र बिद्यार्थीको भग्नावशेष? यिनीहरूको ध्यान त केवल महिना मर्नुअघि मोबाइलमा आउने ‘सैलरी क्रेडिटेड’ को मेसेज र निजीको ओभरटाइम भत्तामै सीमित छ।
नेतागिरी,क्याम्पसको प्राध्यापक हुँ भन्ने दम्भ र हुँकारले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किएको मूलजरो र रोग पनि हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
67 views
सम्बन्धित खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
आजको राशिफल।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
भजन संस्कृतिको संरक्षणमा जोड दिदै गुरुकुल ।
भानु नगरपालिका ।
आजको राशिफल।
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
ताजा खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
पक्राउ परे नुवाकोटका हत्या आरोपित ।
जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।