१ हजारले बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै उच्च

काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक हजारले वृद्धि भएको हो । आज सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु तीन हजार ८०५ निर्धारण भएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च […]
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिमा संयोजकसहित ५ जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यता (नयाँ तथा नवीकरण) सम्बन्धी उजुरीहरूको छानबिन गर्न गठन गरिएको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा ५ जना मनोनीत गरिएको छ । बुधवार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्य मनोनीत गरिएको जनाएका छन् । छानबिन समितिको […]
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच खेल हुँदै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग […]
आज २०८२ साल मंसिर २५ गते बिहीबार, आजको राशिफल कस्तो छ

काठमाडौं । आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ११ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ ? मेष : दिन राम्रो छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस र जाँगर बढ्नेछ । परिवारको विश्वास बढी गर्दा […]