तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

दमौली । आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँमा सम्पूर्ण तयारी तीव्र पारिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार यस वर्ष जिल्लाभरबाट ६ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।

__________ बिज्ञापन____________

इकाइका सूचना अधिकारी भरत बरालले दिएको जानकारी अनुसार यस वर्ष तनहुँका कुल ६ हजार १५५ जना परीक्षार्थीले एसइई दिने तय भएको छ। जसमा नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ १ हजार २१५ जना परीक्षार्थी रहेका छन्। जिल्लाका संस्थागत र सामुदायिक गरी कुल १७४ विद्यालयका विद्यार्थीहरू यस परीक्षामा सामेल हुनेछन्।

__________ बिज्ञापन____________

२२ परीक्षा केन्द्र तोकिए

परीक्षालाई व्यवस्थित बनाउन जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले मंगलबार २२ वटा परीक्षा केन्द्रहरू तोकेको छ। सूचना अधिकारी बरालका अनुसार तोकिएका केन्द्रहरू यस प्रकार छन्:

दमौली क्षेत्र: निर्मल मावि भादगाउँ, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षि वेदव्यास संस्कृत मावि दमौली र चण्डीदेवी राष्ट्रिय मावि कुमालटारी।

अन्य क्षेत्र: महेश संस्कृत गुरुकुल देवघाट, मित्रता मावि सत्रसय, पवित्रा मावि पिप्ले, भानु मावि बन्दीपुर, होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, र चोक मावि रामपुरेटार।

खैरेनीटार र दुलेगौंडा क्षेत्र: मिन मावि थर्पु, सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, पञ्चमुनी मावि दुलेगौंडा, हंशबाहिनी मावि एक्लेखेत र गाउँफर्कोदय मावि ढोरफिर्दी।

भिमाद र ऋषिङ क्षेत्र: जनज्योति मावि भिमाद, धर्म मावि भिमाद, शिव सरस्वती मावि ऋषिङ र चन्द्रज्योति मावि घिरिङ।

प्राविधिक र संस्कृत धारका लागि छुट्टै व्यवस्था

प्राविधिक धारतर्फका नियमित तथा ग्रेडवृद्धिका सबै परीक्षार्थीका लागि व्यास नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ। यस्तै, २०७९ सालको एसइईमा सहभागी भई पुरानो पाठ्यक्रम अनुसार ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीहरूका लागि निर्मल माविलाई केन्द्र तोकिएको इकाइले जनाएको छ।

देवघाट क्षेत्रमा रहेका चारवटा संस्कृत गुरुकुल (महेश संस्कृत, परमानन्द संस्कृत, वेदवेदाङ्ग र छात्राहरू मात्र अध्ययन गर्ने माँ कल्याणी वैदिक कन्या गुरुकुल) का परीक्षार्थीहरूका लागि महेश संस्कृत गुरुकुलमा परीक्षा केन्द्र कायम गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
72 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।