टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।

निष्पक्ष निर्वाचनका लागि तनहुँ प्रशासनको टोल–फ्रि सेवा, ‘त्रि–घेरा’ सुरक्षा कडाइ

__________ बिज्ञापन____________

अमरराज नहर्की
तनहुँ, फागुन २० गते

__________ बिज्ञापन____________

भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले टोल–फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा नागरिकका गुनासा र जिज्ञासा तत्काल सम्बोधन गर्न १८१०५०००३८८ नम्बरको सेवा सुरु गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जारी गरेको सूचनामा निर्वाचनसँग सम्बन्धित सूचना आदान–प्रदान तथा उजुरी दर्ताका लागि उक्त नम्बर प्रयोग गर्न आग्रह गरिएको छ । यो सेवामा सम्पर्क गर्दा कुनै शुल्क नलाग्ने जनाइएको छ । नागरिकको सहज पहुँचमार्फत निर्वाचन प्रक्रियालाई थप पारदर्शी र सुरक्षित बनाउने उद्देश्य राखिएको प्रशासनको भनाइ छ ।

निर्वाचनलाई भयरहित र मर्यादित बनाउन जिल्लाभर एकीकृत सुरक्षा योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् भने संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त ‘त्रि–घेरा’ सुरक्षा योजना कार्यान्वयनमा रहेको उहाँले बताउनुभयो ।

जिल्लामा २ लाख ५४ हजार ३९७ मतदाताका लागि १४४ मतदान स्थलअन्तर्गत ३०९ स्थायी र २ अस्थायी गरी कुल ३११ मतदान केन्द्र तोकिएका छन् । भौगोलिक अवस्था र सुरक्षा चुनौतीका आधारमा ८ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखी विशेष सुरक्षा प्रबन्ध गरिएको छ ।

प्रशासनले मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गर्दै सादा पोसाकका सुरक्षाकर्मी र मोबाइल गस्ती टोलीसमेत सक्रिय रहेको जनाएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको प्रशासनको दाबी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
123 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।