चैत्र ३ गते मंगलबार ।
भानु ९ पुर्कोट बाईसजँघार तनहुँ ।
को हुन राम गौतम ?
नेपालको प्रदेश नं ३को राजधानी हेटौंडा मकवानपुरका युवा व्यवसायी हार्डवयर व्यवसायमा छलाङ्ग मार्दै । तनहुँ लमजुङ र गोरखाको धेरै भूगोलको बासिन्दाको लागि राम गौतम जन जनको मन मुटुमा छाप छोडेको अब्बल नाम हो।अब राम गौतम नाम मात्रै रहेन यस भेगको लागि ब्राण्ड नै बनिसकेको छ। हार्ड वेयर व्यवसाय र गृह सजावट र घर,अफिस,सरकारी भवन,बिद्यालय आदिको रङ्ग रोकन र सौन्दर्यको क्षेत्रमा चुनौती स्वीकार्ने र चर्चाको सिखरमा पाइला सार्दै गरेका गौतम । व्यवसायीक सीप र क्षमताको लागि अब्बल हिम्मतवाला गौतमको लोभलाग्दो हार्डवेयर व्यवसाय भानु ९ पुर्कोट बाईसजँघारमा उम्रेर विशाल वृक्ष बन्दै तनहुँ ,लमजुङ र गोरखाका हरेक ,गाउँ ,गाउँमा ,वस्ती ,वस्ती सहर र बजार सम्म गुणस्तरीय ,सर्वसुलभ सामानको लागि सेवा सुबिधा घर आगनमा नै दिने अब्बल ब्राण्ड हो राम गौतम । सरल,मेहनती,इमानदार ,सहयोगी र स्वच्छ छविका कारण व्यसायमा सिखर चुम्दै गौतम ।सानैदेखि पढाइका साथै सौन्दर्य र निर्माणकार्यमा सोख राख्ने गौतम व्यवसायमा पनि छलाङ मार्न कस्सिदै छन्। जीवनमा विभिन्न क्षेत्रमा अनुभवले खारिएका गौतम लाई अनन्त जागिरे जीवनले भन्दा व्यवसायीक जीवनलेआफ्नो र परिवारको पनि सोख र सन्तुष्टी दिन सकिने बुझेर उनी होमिएका छन हार्डवेयर व्यवसायमा ।मैत्रीपुर्ण व्यवहार, बहुआयमिक व्यवसाय, आबद्धता, धैर्यताको कारण सफल उद्यमीको रुपमा सफलताको शिखर चुम्न उद्वत छन।गौतम दम्पती । अब्बल सीप र क्षमता प्रदर्शन गर्न लालायित भए र सुरु गरे हार्ड वेयर व्यवसाय ।
तर, मनमा डर त्रास र भय हुँदै गर्दा पनि उनी हार्डवयर व्यवसायमा होमिएका छन् । अहिले हार्डवेयरको व्यापार आफैंमा चुनौतीपूर्ण छ। हार्डवेयर व्यवसायमा गौतम दम्पतीले ले जुन सीप र पुँजी लगानी गरेका छन्।त्यो जो कोहीको बलबुता भन्दा धेरै टाढाको दृष्टिकोणले हो।
गौतमले निर्धक्कसाथ आफ्नो व्यवसाय अगाडि बढाउन थालेका छन्।बाबु बाजेको पेसा भन्दा बेग्लै व्यसाय गर्ने र फरक क्षेत्रमा आफ्नो परिचय बनाउदै हार्वयेर र घर भवन,अफिस को साज सज्जा र डिजाइनको व्यवसायमा साम्राज्य खडा गर्ने उनको सोच छ।सानैदेखि व्यवसायीक क्षेत्रमा केही नयाँ गर्ने सोच थियो उनी भन्छन।नयाँ प्रविधिको प्रयोग गर्दै हार्डवेयर व्यसाय प्रवर्द्धनमा उनी अहोरात्र खटेका छन ।उनको व्यसायिक प्रतिष्ठानमा सेवा लिने ग्राहकको पनि घुइँचो लागेको देख्न सकिन्छ । निर्माणकार्य का लागि सामाग्री र रङ्ग रोकन सौन्दर्य पारखीले उनको सीप र क्षमताको उच्च प्रसंशा गरेको सुन्न पाइन्छ ।पढे लेखेका युवा हार्डवयेर उद्योगमा किन चुनौती मोल्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छन ।पढे लेखेकाले हो चुनौतीपूर्ण कार्य गर्ने र देश र समाज परिवर्तन गर्दै देश भित्र नै सम्भावनाको ढोका खोलेर बिदेश पलायन रोक्ने जिम्मा हाम्रो उनी भन्छन ।