सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।

बैशाख ३ गते बिहीबार ।
काठमाडौं संवाददाता ।
रेमिट्यान्स कारोबारमा सम्सारा रिमिट छलाङ मार्दै ।
सम्सराका कार्यकारी उपाध्यक्ष श्री जीवन बाबू श्रेष्ठको ज्ञान,सीप , क्षमतार व्यवसायीक कुसलताले सम्सरा सबैभन्दा अगाडि रेमिट्यान्सको दुनियाँमा । ” कृषि विकास बैंक लि. र सम्सारा रेमिट प्रा.लि. बीच सम्झौता सम्पन्न ”
कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा. लि. बीच रेमिट्यान्स कारोवार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका उपमहाप्रबन्धक श्री सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष श्री जीवन बाबु श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख श्री बीना शर्मा, व्यवसाय अधिकृत श्री मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख श्री राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख श्री आलोक जोशीको समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार अब विदेशबाट पठाइने रेमिट्यान्स रकम कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जाल मार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सम्सारा रेमिट मार्फत सहज रूपमा भुक्तानी गर्न सकिनेछ। यसले रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
Real Time API प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जाल सहितकोे सहकार्यले बैंकका ग्राहक तथा दुर्गम एवं ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसमुदायमा व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

__________ बिज्ञापन____________

#RemitAgency #samsararemit #ADBLRemitService
#साझा_समृद्धिका_लागि_सबैको_रोजाईको_बैंक
#कृषि_विकास_बैंक_लिमिटेड

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
53 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।