आहारा को खोजीमा चितुवा

भानु नपा वडा नं ८ को वलिफाट वरपर चितुवा रहेको स्थानीय वासीले जानकारी दिनुभएको छ।साँझमा घर बाहिर निस्केको बेला होसियार रहनु ।सडकमा बाईक ,स्कुटर चालक पनि अिल सतर्क रहनु हुनु स्थानीय सरकारले सबैलाई अनुरोध गरेको छ।जनहितमा जारी सन्देश ।
भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गरेकी छन् । उनलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गरेका थिए । उनले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूतिकलाको अवलोकन गरिन् । यसअघि उपराष्ट्रपति […]
राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गरिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गरिने भएको छ । आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माण अन्र्तगत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको शिलान्यास गरेर राष्ट्रपति पौडेलले सो उद्यान निर्माणको शुभारम्भ गर्नुहुने भएको भानु साहित्य उद्यान समितिका महासचिव […]
दीपक मनाङे पदमुक्त भएको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडालको संवैधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ आज सार्वजनिक गरिएको हो […]
हरितालिका तीजको अवसरमा भोलि व्यास नगरपालिकामा सार्वजनिक बिदा

दमौली । तनहुँको व्यास नगरपालिकाले हरितालिका तीजको अवसरमा भोलि भदौ १० गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको २०८२ भदौ ८ गतेको बसेको बैठकको निर्णयअनुसार नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूमा सार्वजनिक बिदा रहने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए। नेपाली महिलाहरूले हरितालिका तीजलाई विशेष श्रद्धा र […]
हरितालिका तीजको आज दर खाने दिन

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । परापूर्व कालमा देवी […]
गुन्डा नाइके रेस लामा चाबहिलबाट पक्राउ

काठमाडौँ । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ करिब साढे आठ बजे चाबहिलस्थित ए वन क्याफेबाट पक्राउ गरेका हुन्। प्रहरीका अनुसार उनले गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिस पुतलीको एक रेस्टुरेन्टमा एक जनामाथि अभद्र व्यवहार अशील शब्दहरू प्रयोग गरी कुटपिट गरेको आरोप छ […]
यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव समेत रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ […]
आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं । आज २०८२ साल भदौ ९ गते सोमबार। तदनुसार सन् २०२५ अगष्ट २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए साथीसँगको सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य […]
रोमन लिपीको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्न जाग नेपाली अभियानको अपिल

काठमाडौं । देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको […]