राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गरिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गरिने भएको छ ।

__________ बिज्ञापन____________

आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माण अन्र्तगत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको शिलान्यास गरेर राष्ट्रपति पौडेलले सो उद्यान निर्माणको शुभारम्भ गर्नुहुने भएको भानु साहित्य उद्यान समितिका महासचिव डा. ब्रतराज आचार्यले बताए ।

__________ बिज्ञापन____________

उहनका अनुसार राष्ट्रपति पौडेलको समुपस्थितिमा सोमबार शहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीको छलफलपछि भानु स्मृति दिवसका अवसरमा उद्यान निर्माणको शुभारम्भ गर्ने तय भएको हो ।

राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रुपमा रुपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ । सो उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरुको शालिक राख्ने योजना छ ।
सरकारले सो उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैया विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
17 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।