रोमन लिपीको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्न जाग नेपाली अभियानको अपिल

काठमाडौं । देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको बताए ।

__________ बिज्ञापन____________

‘देवनागरी लिपी यो देशको एकताको प्रतीक हो । तराईको एउटा मधेशीले पनि यो लिपी बुझ्छ, पहाडको पहाडीले पनि यो लिपी बुझ्छ र हिमालको एउटा हिमालीले पनि यो लिपी बुझ्छ, चिन्छ । यो लिपीलाई मेटाएर यो देशको जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पारेर, लडाएर यो देशलाई रगतको आहालमा डुबाउन खोजिएको छ । यो देशमा हामी हामीलाई लडाउने खेल भइरहेको छ,’– उनले भने ।

__________ बिज्ञापन____________

जाग नेपाली अभियानले नेपालको धर्म, संस्कृति, परम्परा, भाषा, लिपिमाथि योजनाबद्ध आक्रमण हुँदै आएको बताएको छ । नेपालको गौरवशाली सम्पदाहरु नै सखाप पारेर नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने ग्रान्डडिजाइनको पछिल्लो तारो देवनागरी लिपी बनेको जाग नेपाली अभियानको निष्कर्ष छ । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अर्बौं कमिशनको खेल भएको जाग नेपाली अभियानको ठहर छ ।

‘पहिचान मेट्नेगरी योजनावद्ध रुपमा भएका पड्यन्त्रको पछिल्लो कदम अनुसार केपी ओली नेतृत्वको सरकारलाई प्रभावित पारेर यातायात व्यवस्था विभागले १ असोज २०८२ बाट अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडानको उर्दी जारी गरेको छ । नेपालीहरुको महान चाड दशैंको मुखमा पारेर लिपि नै नामेट पार्ने यो कदम इतिहासकै ठूलो राष्ट्रघात हो,’– जाग नेपाली अभियानले भनेको छ ।

यस्तो धम्कीबाट विचलित नभई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्नसमेत अपिल गरिएको छ । नेपाल र नेपालीको अस्तित्व अनि सार्वभौमिकतासँग जोडिएको देवनागरी लिपि जोगाउन आम नागरिक, पेशाकर्मी, समाजसेवीका अलावा संघसंस्थाहरुलाई एकतावद्ध भई आन्दोलनमा उत्रन र साथ दिनसमेत जाग नेपाली अभियानले आग्रह गरेको छ ।

जाग नेपाली अभियानले इम्बोस्ड नम्बर लागू गराउने निर्णयको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रमअन्तर्गत भदौ ९ र १० गते विभिन्न राजनीतिक दल र संघसंस्थालाई ज्ञापनपत्र बुझाउने, ११ गते समाजका विभिन्न संस्था र व्यक्तित्वहरुसँग परामर्श र भाद १३ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइएको छ ।

त्यसैगरी, अधिवक्ता रामेश्वर राउतले जनतालाई संविधानले दिएको भाषा, साहित्य र संस्कृतिको अधिकार सरकारले हडप्न खोजेको बताए । इम्बोस्ड नम्बर लागू गराउने क्रममा ५ खर्ब, ४५ अर्ब ५५ करोड रुपियाँ राज्यकोष हिनामिना भएको उनको दाबी छ । २ सयमा बन्ने मोटरसाइकलको नम्बर प्लेटलाई ३ हजार ५ सय र २५० मा बन्नेलाई ६ हजार ५ सय निर्णारण गरिएको उनले बताए ।

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले इम्बोस्ड नम्बर जडानको नाममा देवनागरी लिपीलाई समाप्त पार्न खोजिएको बताए । राष्ट्रको आत्मा भाषा रहेको बताउँदै उनले यसलाई समाप्त गर्ने खेलअन्तर्गतको श्रृङ्खला भइरहेको दाबी गरे । ‘२०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य रुपमा जडान गर्नुपर्छ भनेर नेपाल सरकारले सूचना निकालेको छ । यो अत्यन्तै आपत्तिजनक विषय हो । इम्बोस्ड नम्बर जडान गर्नु आपत्तिजनक कुरा होइन । आपत्तिजन कुरा के हो त भन्दा नेपाली भाषा निमिट्यान्न पार्न खोजियो । देवनागरी भाषा त्यसमा समाप्त पार्न खोजियो,’– उनले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
25 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।