दमौली । तनहुँको व्यास नगरपालिकाले हरितालिका तीजको अवसरमा भोलि भदौ १० गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको २०८२ भदौ ८ गतेको बसेको बैठकको निर्णयअनुसार नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूमा सार्वजनिक बिदा रहने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।
नेपाली महिलाहरूले हरितालिका तीजलाई विशेष श्रद्धा र उल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ। विशेषगरी व्रत, पूजा तथा दर खाने परम्पराले महिलाबीच एकता र सहकार्य बढाउने अवसर प्रदान गर्ने यो पर्वलाई मध्यनजर गर्दै नगरपालिकाले सार्वजनिक बिदाको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लम्सालले तीज पर्वले समाजमा पारिवारिक मिलन, संस्कृतिको संरक्षण र धार्मिक आस्थाको अभिवृद्धि गर्ने भएकाले यसलाई सबैले सहर्ष मनाउन आग्रह समेत गरे।