कानुन एउटै न्याय किन फरकफरक ?

कार्तिक २० दमौली  तनहुँ ।

__________ बिज्ञापन____________

नेपालमा लामो समय देखि सहकारी ठगी प्रकरणमा जेलको कठघरामा सजाय पाउने क्रममा एउटै र समान प्रकृतिको सहकारी ठगी अभियोगमा काँग्रेस ,एमालेका सत्ता र शक्ति को दुरुपयोग गर्दै धरौटी  जमानी मा जेल बाहिर बसेर मुद्वा खेपिरहेका र रवि लामिछाने लाई भने राजनीतिक प्रतिशोध को आधारमा जेलको काल कोठरीमा सजाय भोग्नुपरेको छ किन?उनी सरकार वा सत्ता र पावरमा छैनन् ।हिजो रविको नाममा देशको कुनै पनि सहकारी बाट ऋण लिएको प्रमाण छैन भन्ने छानबिन समिति ,प्रहरी प्रमुखको बोली र ब्यवहार रातारात  कसरी बदलिँदो छ।सदनमा संसद चलिरहेको बेला देखाइ दिउ प्रमाण भन्दै बुरुक्क बुरुक्क उफ्रने काँग्रेस महामन्त्री को प्रमाण के ले खायो वा हरायो ।किन प्रमाण देखाउन सक्दैनन् ।एउटै कसुरमा धनराज गुरुङ को नाम पनि जोडिएको छ एमाले का प्रभावशाली नेताको श्रीमतीको नाम जोडिएर आउदै गर्दा पनि पनि किन एउटै कसुरमा अदालतबाट फरकफरक  आदेश । रवि कहिलेसम्म जेलको अन्धकार काल कोठरीमा बस्नुपर्ने ।

__________ बिज्ञापन____________

अन्य सहकारी ठगी प्रकरणका कसुरदारलाई किन जमानत मा छोडेका न्यायमूर्तीले।रविले सकारेको बिगो जमानत बुझाएर बाहिर बसेर मुद्वा लड्न पनि नमिल्ने कस्तो अन्धोकानूून।अन्य कसुरदारको सन्दर्भमा प्रतिवादीहरु भागी जाने सम्भावना  पनि नरहेको र निजहरुले प्रमाण लोप वा नष्ट गर्ने अबस्थाको बिद्यमानता समेत  नदेखिंँदा म्यादथप गरि सजिलोसँग अदालतले खोजेको समयमा उपस्थित गराउन सकिने र रविको बिषयमा भने सो कुरा लागू नहुने न्यायाधीश को जिकिर कस्तो उदेक लाग्दो देखिन्छ । तर जेनजी आन्दोलनमा अदालत माथिको आगजनी र जेलबाट बिना पत्र निस्केर हिडेको प्रति रास्वपा कि प्रखर सांसद सुमनाको बहिरगमनले पनि संकाले लंका जलाउने उखान चरितार्थ होला जस्तो भयो।अन्य कुरा बिगतमा जतिसुकै कमि कमजोरी रवि र राज्यपक्षबाट भए पनि अबका दिनमा रविको मुद्वाले चाडै न्यायको ढोका खोलेर हेर्ने जनताको सपना साकार होस।अहिले न्यायमूर्ति को सरकार छ रविले छिटोभन्दा छिटो न्याय पाउने कुरामा रास्वपा पार्टी पङ्ति,नेपाली जनता र शुभचिन्तक धेरै आशावादी छन्।

नेपाली काँग्रेस बाट असन्तुष्टिको गरुङ्गो भारी बोकेर रास्वपामा गएका सम्मानित ब्यक्ति सँग गरेको कुराकानी मा आधारित लेख।

(sawiturkhabar )

local  reporter .

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
19 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।