चैत्र २५ गते बुधबार ।
काठमाडौं संवाददाता ।
प्रश्न:- हामी नारिहरुले शंख बजाउन हुन्छ कि हुन्न गुरु ?
उत्तर:- जहाँ स्त्रीले शंख बजाउँछिन्,
त्यहाँबाट लक्ष्मी देवी टाढा जान्छिन्।
===================
शंखचूढ नामक दानव, जो दम्भ नामको दानवको छोरा र विप्रचिति को नाति थियो, तथा भगवती तुलसीका पति थिए। उनी वास्तवमा गोलोकमा भगवान श्रीकृष्णका मुख्य आठ सखामध्ये एक सुदामा नामका गोप थिए, जसलाई भगवती राधाको श्रापका कारण शंखचूढ दानवको रूपमा जन्म लिनु परेको थियो।
उनै शंखचूढका हड्डीबाट शंख र शंखका विभिन्न जातिहरू उत्पन्न भएका हुन्।
“शंखचूढका हड्डीहरूबाट शंख जातिको उत्पत्ति भयो।”
शंख भगवान श्रीहरिको अधिष्ठान (आवास) स्वरूप मानिन्छ। विभिन्न रूपका शंखहरू देवताको पूजा-अर्चनामा पवित्र मानिन्छन्।
शंखको जल अत्यन्त पवित्र, तीर्थको जलसरह र देवताहरूलाई अत्यन्त प्रिय हुन्छ (शिवजी बाहेक)।
प्रशस्तं शंखतोयं च देवानां प्रीतिदं परम् ।
तीर्थतोयस्वरूपं च पवित्रं शम्भुना विना ।।
शंखशब्दो भवेद्यत्र तत्र लक्ष्मीं सुसंस्थिरा।।
जहाँ शंखको ध्वनि हुन्छ, त्यहाँ लक्ष्मी देवी स्थिर रूपमा वास गर्नुहुन्छ।
“शंखको पानी देवताहरूलाई अत्यन्त प्रिय र तीर्थजस्तै पवित्र हुन्छ (शिव बाहेक)।
जहाँ शंखको आवाज हुन्छ, त्यहाँ लक्ष्मी स्थिर रूपमा बस्नुहुन्छ।”
जहाँ शंख रहन्छ, त्यहाँ भगवान श्रीहरि बस्नुहुन्छ। त्यहीँ लक्ष्मी देवी पनि बस्नुहुन्छ र सबै अशुभ कुरा टाढा हुन्छन्।
तर, स्त्रीहरू र विशेषगरी शूद्रहरूले शंख बजाउँदा लक्ष्मी देवी डराएर वा रुष्ट भएर त्यो स्थान छोडेर अन्यत्र जान्छिन्।
शङ्खो हरेरधिष्ठानं यत्र शंखस्ततो हरिः ।
तत्रैव वसते लक्ष्मीर्दूरीभूतममङ्गलम् ।।
स्त्रीणां च शंखध्वनिभिः शूद्राणां च विशेषतः ।।
भीता रूष्टा याति लक्ष्मीस्तत्स्थलादन्यदेशतः ।
गुरु बालकृष्ण न्यौपाने लेख्नु हुन्छ ।