आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर ५ गते बुधबार। तदनुसार सन् २०२५ नोभेम्बर २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

__________ बिज्ञापन____________

मेष : दिन राम्रो छ । तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन् । माया मारेको सम्पत्ति हात लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

__________ बिज्ञापन____________

वृष : दिन राम्रो छ । वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ । धनको घमण्डले साथीभाइ टाढा हुनेछन् । व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ । राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्ने । तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

कर्कट : दिन राम्रो छ । मनमा शान्ति मिल्नेछ । ठूलो कामको सुरुवात गरेको भए नाफा हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ ।

सिंह : दिन सामान्य छ । तपाईंको योजना सफल बन्नेछ । दीर्घकालीन योजना बनाउन सकिन्छ । परोपकारमा मन जानेछ । कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ ।

कन्या : दिन राम्रो छ । सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ । आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा सुख र शान्ति मिल्नेछ।

तुला : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुुपर्नेछ । राजनीतिक संंगठनमा बढुवा हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : दिन सामान्य छ । साना कुराले मनमा झन्झट आइपर्न सक्छ । साथीसँग तर्क नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्र सबल छन् । औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम छ ।

मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन : दिन सामान्य छ । साथी भाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा नाफा हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
21 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।