मंसिर ८ सोमबार ।
धमिलिकुवा राईनास नगरपालिका लमजुङ ।
लमजुङ राईनास मा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीया वृद्धाको मृत्यु
लमजुङको राइनास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट राइनास-६, स्याउली बस्ने ६८ वर्षीया माइतीकुमारी तामाङको मृत्यु भएको छ।
सोमबार दिउँसो करिब ३:४० बजे सातबिसेबाट धमिलिकुवातर्फ आउदै गरेको ना ४८ प ३०७७ नम्बरको मोटरसाइकलले राईनास–६ स्थित ढलेबर चोकमा पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि सहोदर सामुदायिक अस्पताल, धमिलिकुवा लगिएको थियो।
तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए। मोटरसाइकल चालक भानु ९ पुर्कोट तनहुँका रहेको र उनलाई प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।
सवारीसाधन चलाउदा होसियार रहन,मोबाइलमा कुरा नगर्न,गति सिमित गर्न र ट्राफिक नियमको पूर्णरूपमा पालन गर्न पनि प्रहरीले अनुरोध गरेको छ सवारी चालकहरू लाई।
लमजुङ संवाददाता ।