समाज सुधार्न संकल्पको खाँचो ।

मंसिर  ११  गते  ।

__________ बिज्ञापन____________

भानु नगरपालिका ९ तनहुँ ।

__________ बिज्ञापन____________

नेपाली समाज र बर्तमान समय सन्दर्भ नजिकैबाट नियाल्दा देश नै भद्रगोल र गोलमाल छ।सरकार आन्दोलनको मर्म भावना बिपरित राज्य सञ्चालन गर्न उद्यत छ।सत्ता ढल्यो शासन र पद्धति ढलेन।भ्रष्टाचार ,अनियमितता ,शान्ति सुरक्षा र अमनचैन कहाँ  छ खोज्नुपर्छ ।बुद्धिजीवी कहलाउनु भएका बज्रस्वाठहरु नेपाली जनताको हुर्मत लिन,डर त्रास र भय को बातावरण बनाउन ज्यानै जोखिममा राखेर लागेका छन्।कोही रोजगारी ,कोही शिक्षा कोही अनेकौं बहानामा बिदेश पलायन गराउन धेरै गिरोहले सक्रिय भूमिका खेलेका छन्।स्वदेशमा बसेर वा बिदेशी भूमि बाट अब नेपालमा नै सम्भावना छ नेपाल र नेपालीको माया गर्नुपर्छ देशमा समृद्धि ल्याउनुपर्छ बिदेशी मोह र जालमा पर्न र पार्न हुँदैन भन्ने जनचेतनामूलक सन्देश सबैले आ आफ्नोतर्फबाट बाड्न जरुरी छ।

समाजलाई शान्त ,सुन्दर र मनमोहक बनाउने हो भने सबैभन्दा पहिले सबैले आफूतिर ईङ्गित हुन सक्नुपर्छ ।बिगतमा भए गरेका कमी,कमजोरी ,गलत नियत र प्रवृत्ति सहस्र स्वीकार्न सक्नुपर्छ ।हिजो भएका गल्ती कमजोरी बाट सिक्दै अब उप्रान्त गल्ती कमी,कमजोरी नगर्ने दृढ संकल्प गर्नुपर्छ।अनिमात्र परिवार ,समाज,,राष्ट्र ,राष्ट्रियता माथि परिवर्तनको आशा र कल्पना साकार पार्न सकिन्छ ।

अब समाजसेवी ,नेता,अगुवा,बुद्धिजीवी,शिक्षक,डाक्टर ,पत्रकार ,प्रहरी ,सेना,र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीले पनि एकपटक आफ्नोतर्फबाट भएको गल्ती सुधार्ने र अनुशासनमा रहेर काम सुरु गर्ने हो भने बोल्न ,लेख्न ,र समाजमा रुपान्तरणका लागि सम्भावनाको धेरै ढोका खोल्न मद्दत पुग्ने देखिन्छ ।अहिले धेरै नेपालीमा निराशाले पिरोलिएका ,डिप्रेसनमा पुगेको  र आफूले आफैंलाई आत्मदोहन जस्तो जघन्य अपराध गर्न नेपाली बाध्य छन।यो सब देशको बेथितिको पराकाष्ठा हो भन्नेमा बिमति छैन।

एउटा असल समाज निर्माणका लागि त्यस देशका सबै चेतनशील नागरिकको सोचमा गाम्भीर्यता,सकरात्मकता,इमानदारी ,चरित्र सदाचारी, र व्यवहारमा सत्यनिष्ठा कायम राख्न संकल्प गरे देश र व्यवस्था परिवर्तन भई जनताको आशा,भरोसा पलाउन सक्छ र देश परिवर्तनको दिशामा अगाडि बढ्दै जान्छ।हरेक संकल्प पूरा गर्न  उर्जाशक्ति,चिन्न र जागृत गराउन हरेक नेता तथा बुद्धिजीवीको लागि अपरिहार्य छ।तर अहिले बुद्धिजीवी र नेताहरु सकरात्मक भन्दा नकारात्मक कुरामा उर्जा खेर फालेर द्वन्द  र प्रतिशोधको चपेटामा परेका छन्।अहिले पनि,बालेन,हर्क,गोपी,गगन,बिश्व,सुनिलशर्मा, ,रवि,योगेश,दिननाथ,कुलमान जस्ता सम्भावना बोकेका जनताको आशा र भरोसा का दियो बाल्ने संकल्प बोकेका नेपाली नेपालमा सम्भावना छ।देशलाई माया गर्नुपर्छ।देशमा समृद्धि र सम्भावनाको ढोका खोल्न सकिन्छ भनेर।लागि परेका छन्।

तसर्थ तर्क,बितर्क,लामो ब्याख्या र भाषणले मात्रै राम्रो नतिजा र परिणाम दिदैन। द्वन्द र प्रतिस्पर्धा अनि निषेध को राजनीति र बिचार सबैले त्याग्नुपर्छ ।

समय सन्दर्भ र सम्पादकीय ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
550748 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।