बालबालिकाको नि शुल्क मुटु परीक्षण ।

मंसिर  ११ गते भानु नगरपालिका तनहुँ ।

__________ बिज्ञापन____________

गण्डकी प्रदेश तनहुँ जिल्लाको पूर्वउत्तर क्षेत्रमा अवस्थित भानु नगरपालिका भूगोलको हिसाबले पनि ठूलो नगरपालिका हो।भानु नगरपालिकामा १३ वटा वडा छन्।आदिकवि भानुभक्तको जन्मभूमि र ऐतिहासिक थानीमाइ मन्दिरको कारणले पनि यो नगर पालिकाले ऐतिहासिक महत्त्व बोकेको छ।यहाँ सुबिधा सम्पन्न नगर अस्पताल पुरण्डिहि अस्पताल छ।जुन अस्पतालबाट यस नगरका भित्रका विभिन्न प्रकारका बिरामीको उपचार तथा रोगको पहिचान गर्न बिशेषज्ञ  सुबिधा सहितको उपचारसेवा बिरामीलाई दिदै आएको नगर अस्पतालले जनाएको छ।

__________ बिज्ञापन____________

भानु नगरपालिकाको आयोजना तथा मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको प्राविधिक सहयोगमा  यश अस्पतालमा  भानु नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा अधययनरत १८ वर्ष मुनिका बालबालिकाको  मुटु सम्बन्धि विभिन्न परीक्षण  ECG, ECHO, Medicine and Counseling नि शुल्क रुपमा मंसिर ८ गते बाट ११ गते सम्म सञ्चालन गरेको पनि नगर अस्पतालले जानकारी दिएको छ। समग्रमा भानु नगरपालिकाले जनताको लागि दिने सेवा सुबिधामा कुनै पनि कमि कमजोरी हुन नदिने प्रतिबद्धता पनि जनाएको कुरा हामी सँगको भेटमा नगर प्रबक्ता एवम् वडा नं८ का वडा अध्यक्ष श्री इश्वर बहादुर घिमिरेले बताएका छन्।

स्रोत -तनहुँ संवाददाता सवितुर खवर।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
41 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।