ढल्यो तनहुँ सहकारीको सतिसाल ।

मंसिर ११ तनहुँ दमौली ।

__________ बिज्ञापन____________

🕊 सहकारी अभियन्ता लावण्य प्रसाद पण्डितको निधनले तनहुँ शोकमग्न।

__________ बिज्ञापन____________

व्यास–१ भादगाउँ निवासी तथा व्यास–६ पण्डितथोकका सहकारी अभियन्ता लावण्य प्रसाद पण्डितको ४७ वर्षको उमेरमा बुधबार राति दुखद निधन भएको छ।
अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुर्‍याइए पनि साँझ ९ बजे उपचारका क्रममा उहाँले अन्तिम श्वास त्याग्नु भयो।

सक्रिय राजनीतिक भूमिका र सहकारी क्षेत्र दुबैमा निरन्तर समर्पण गर्दै आएका पण्डितको निधनले स्थानीय समाज, सहकारी अभियन्ता समुदाय र राजनीतिक वृत्त सबैमा गहिरो शोक छाएको छ।

नेपाली कांग्रेस व्यास–६ ले विज्ञप्ति जारी गर्दै पण्डितको योगदान “अपूरणीय” रहेको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
त्यस्तै छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाले पनि उहाँको असामयिक निधनले सहकारी आन्दोलनमा ठूलो रिक्तता सिर्जना भएको जनाउँदै गहिरो दुःख व्यक्त गरेको छ।

सेतीबुल्दीघाटमा सम्पन्न अन्तिम संस्कारमा सहकारीका पदाधिकारी, राजनीतिक कार्यकर्तादेखि स्थानीय समुदायसम्मको असाधारण उपस्थिति देखियो।
पार्टी तर्फबाट उहाँलाई चार तारे झण्डा ओडाइ अन्तिम बिदाइ तथा भावपूर्ण श्रद्धाञ्जली का साथ गरिएको  छ।

समुदायमै आवद्ध, सरल, सहयोगी र अग्रसर व्यक्तित्वका रूपमा चिनिनु भएका पण्डितको निधनले तनहुँले एक सक्रिय होनाहार,युवा नेतृत्व ,तथा कहिल्यै नथाक्ने योद्धा उद्यमीको रुपमा सुपरिचित अभ्राख ढलेको महसुस गरेको छ।

स्रोत – सवितुर खवरका प्रमुख सल्लाहकार श्री अमरराज नहर्की।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
111117 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।