मंसिर २३ मंगलबार ।
तनहुँ ।
मंसिर २३ मंगलबार ।
तनहुँ ।
नेपाली काँग्रेस तनहुँ प्रतिनिधि छनोटका बिषयमा पार्टी भित्र गम्भीर असन्तुष्टि चुलिएको छ।धेरै बर्ष देखि निरन्तर पार्टीकै लागि जीवन उत्सर्ग गरेका जिल्लामा सधैंभरि डटेेर पार्टी र बिकास निर्माणकार्यमा लागेको नेता कार्यकर्ताको भावना बिपरित एकलकाटे र महत्वाकांक्षी निर्णयले कार्यकर्तामा आक्रोशको ज्वाला भट्केको छ।नेपाली काँग्रेस पार्टी एउटा ब्यक्तिको निजि सम्पत्ति हो?क्रियासिल काँग्रेसको प्रश्न छ?एउटै ब्यक्ति पटकपटक सांसद हुने र २ ठाउँमा सिफारिस हुनुपर्ने पार्टीको कुन नीति र सिद्धान्तको मर्म अनुसार हो ?ल ठिक छ अब पनि युवा पिढी,स्वच्छ छवि भएका,इमानदार र भविष्यमा सम्भावनाको ढोका खोल्ने हिम्मत र आँट नभएकोले सधैंभरि पार्टीको हालीमुहाली गर्न रजगज गर्ने हो भने निष्ठावान नेपाली काँग्रेस का कार्यकर्ता र युवाले फेरि एकपटक आम निर्वाचन २०७४ सम्झाउनु पर्ने पनि देखिन्छ ।अब असल,इमानदार ,स्वच्छ छवि भएका काँग्रेस को कुनै सम्भावना पार्टी भित्र सकिए को हो? हामी सँग को भेटमा स्थानीय स्तर र जिल्लामा समेत चर्चाको सिखरमा रहेका अब्बल जिल्ला स्तरका नेताले कुण्ठा र आक्रोश ब्यक्त गर्नु भएको छ।नेपाली काँग्रेस तनहुँ भित्र फैलिएको भुसको आगोमा को को डढेर खरानी होलान् अब फागुन २१ पछि हेर्नुपर्छ ।आक्रोशित कार्यकर्ता भन्छन् ।