मंसिर २६ गते।शुक्रबार ।
काठमाडौं ।
नेपालको धर्म, संस्कृति र परम्परा नाश होइन, विनाश होइन, सर्वनाश गर्नेतिर उन्मुख भइरहेका कुरामा बिद्वान गुरुहरु चिन्तित र मर्महात।पछिल्लो समय नेपाली पञ्चाङ्ग निर्माणकार्य माथि पनि गम्भीर प्रहार चुलिएको छ ।धार्मिक जगतका विद्वान्, ज्योतिर्विद् तथा प्राध्यापक–डाक्टरहरू किन मौन बसेका छन्?पर्व सुधार’को नाममा पूर्वप्रधानमन्त्री डा. भट्टराईको निर्देशनमा २०७० साल असार २४ गते लगायतका दिनहरुमा गरिएका सुर्यसिद्धान्त विरुद्ध चाडपर्व सुधारको नाममा गरिएको निर्णयहरू सार्वजनिक भएको जग जाहेर छ।
यो नेपाली धर्म ,संस्कार ,संस्कृति ,परम्परा र मूल्यमान्यता माथिको सुनियोजित हमला हो।
सोही प्रकृतिको हमला भारतीय पञ्चाङ्गमा पनि ई.स. २००७ मा चर्च काउन्सिल लगायतका समूहहरूले केतकी,सूर्य सिद्धान्त र दृक सिद्धान्तमा आधारित पञ्चाङ्गमा हमला गर्न नेपाल र भारतीय एवम् पूर्विय सिद्धान्त माथि पश्चिमा मिसनको धर्म र गणितीय सिद्धान्त माथिको अघोषित प्रहार हो। सबै नेपाली बुद्धिजीवी ,गुरुबर्ग र धर्मको जानकारी हरु पनि सजग हुने समय आएको छ।
राष्ट्रिय धर्मसभा नेपालका प्रतिनिधि तनहुँ सँग गरिएको कुराकानी ।