पौष ३ गते गुरुवार ।
भानु ९ पुर्कोट तनहुँ।
भानु नगरको मेयर को बुद्धि बिवेक राणाको पालाको मुखिया को भन्दा घटिया रहेको उनैले प्रष्ट पारे। पत्रकार माथि मेयरले गरे सुनियोजित छलछाम। बिकास र निकास शून्य।गफमा अब्बल कार्यक्षमता शन्य । बिगतमा उदयराज गौलीको बिकासको टेकोले मात्रै भानु अडियो ।पत्रकारको शून्य सहनशीलता । नगरपालिकामा पत्रकारको हकहित र पेसालाई व्यवस्थित र मर्यादित बनाउने ,सत्य ,तथ्य समचार र सूचना तथा जनहितमा जारी सन्देश छिटो छरितो जनताको माझ पु-याउनका लगि सबितुर खवर प्रालिले गरेको प्रयास अन्ततः निष्फल पारिएको छ।भानुका मेयर आफैं अनाधिकृत सामाजिक सञ्जाल लाई भानुको सूचना सम्प्रेषण गर्न उक्साएको र पत्रकारिताको भावना र मर्म बिपरित कार्यबिधि बाट एककदम अघिबढेर सूचना सम्प्रेषण को नाममा बिचौलिया पोष्न उद्वत भएको उनको भनाइले पुष्टि गरेको छ।
हाम्रो उदेश्य सत्य तथ्य सूचना र सन्देश तथा बिज्ञापन को एकद्वार प्रणालीको थालनी गर्नुपर्नेमा प्रमुख जोड हो।सरकारी बिज्ञापनमा भएको चुहावट रोक्न र बिचौलियापन रोक्न सकेमात्र पनि भानुनगर भित्रका श्रमजीवी पत्रकार को संरक्षणमा बलपुग्ने देखिन्छ ।सूचना र समचार सत्य हुन जनतामा भ्रम सृजना नहोस् ।कोही पनि सूचनाको हक बाट बञ्चित हुन नपरोस् ।पत्रकार र पेसागत मर्यादाको मान मर्दन कोही कसैले गर्न न सकुन र पत्रकार सुरक्षित र सम्मानित पनि होउन् ।पेसालाई कसैले बदनाम र दुरुपयोग नगरोस् भन्ने अभिप्राय राखेर आवश्यक कानुनी प्रकृया पुरा गरेर सञ्चार संस्थालाई सूचिकृत गर्ने अथक प्रयासलाई नगरप्रमूखले रद्विको टोकरीमा मिल्काइ दिएको अनुभूति भएको छ।
नगर प्रमुखको यस्तो रवैयाले गम्भीर हुन बाध्य पारेको छ।पत्रकारको मनोबल घटाउन उद्वत नगर प्रमुखको शासकीय वैधता पनि अब खण्डित हुने निश्चित प्राय नै छ।विधिको शासनको मर्ममाथि प्रहार गर्न उद्वतभई नगर सञ्चालन गर्नु भनेको भानु नगरका नागरिक प्रति जवाफदेही नभएको र शक्ति र मस्तिमा लिप्त मात्रै भएको सबितुर खवरको ठहर।छ।।
सम्पादकीय ।