पेस्तोल सहित युवा परे पक्राउ ।

पौष ४ गते शुक्रबार ।
तनहुँ ।
तनहुँको आँबुखैरेनीबाट कटुवा पेस्तोलसहित बाराका एक युवक पक्राउ
दमौली, तनहुँ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

__________ बिज्ञापन____________

पक्राउ पर्नेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नं. १ बस्ने १९ वर्षीय ओम बाबु प्रसाद यादब रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) श्रवणकुमार बिकका अनुसार शुक्रबार बिहान करिब ३:१० बजेको समयमा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारमा सवारी साधन चेकजाँच गर्ने क्रममा यादब पक्राउ परेका हुन्।

__________ बिज्ञापन____________

मुग्लीन पुलजीपस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २७५ नम्बरको बसलाई चेकजाँच गरेको थियो। सोही क्रममा बसमा सवार यादबको साथबाट लुकाई छिपाई ल्याइएको अवस्थामा एक थान छोटो हतियार (कटुवा पेस्तोल) बरामद गरिएको डिएसपी बिकले जानकारी दिनुभयो।

“शंकास्पद लागेर चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल फेला परेपछि हामीले नियन्त्रणमा लिएका हौँ,” डिएसपी बिकले भन्नुभयो।

प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
247 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।