तनहुँ हाइड्रो पर्यटकीय गन्तव्य उन्मुख ।

पौष ९ गते बुधबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

तनहुँ जिल्लाकै गौरवको महत्त्व बोकेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट बन्ने करिब २१ किलोमिटर लामो जलाशय क्षेत्रलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न माग गर्दै प्रभावित स्थानीय समुदायका तर्फबाट तनहुँ हाइड्रोपावर लिमिटेडलाई १० बुँदे ज्ञापनपत्र बुझाइएको छ।

तनहुँ हाइड्रोपावर लिमिटेडका कार्यकारी प्रमुख छवि गैह्रेलाई सम्बोधन गरी पेश गरिएको ज्ञापनपत्रमा म्याग्दे र रिसिङ गाउँपालिका तथा व्यास र भिमाद नगरपालिकाका बासिन्दाले जलाशय निर्माणपछि स्थानीय समुदायले पाउनुपर्ने बहुउपयोगी, दिगो र न्यायोचित लाभ सुनिश्चित गर्न माग गरेका छन्। पृथ्वी राजमार्ग र मानुङकोटजस्ता पर्यटकीय स्थलसँग जोडिएको यो जलाशय ऊर्जा उत्पादनसँगै पर्यटन र रोजगारी सिर्जनाको प्रमुख केन्द्र बन्न सक्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा खानेपानी तथा सरसफाइको सुनिश्चितता, मौजुदा सिँचाइ सुविधाको स्तरोन्नति, जलयातायात विकास, पर्यटन तथा मनोरञ्जन पूर्वाधार निर्माण, आधुनिक माछापालन प्रवर्द्धन, निर्माण सामग्री प्रशोधनमा स्थानीयलाई प्राथमिकता, होटल–रिसोर्ट तथा व्यवसायिक अवसरमा स्थानीय अग्राधिकार, सामाजिक–आर्थिक क्षतिपूर्ति र समुदाय उत्थान, प्राविधिक तथा वातावरणीय सुरक्षा, साथै जलाशय दुवैतर्फका डाँडामा पदमार्ग, भ्युपोइन्ट, केबलकार, जिपलाइन र ग्लास ब्रिज निर्माण जस्ता माग समेटिएका छन्।

अवधारणा प्रस्तावक इञ्जिनियर श्रीराम न्यौपानेका अनुसार जलाशय बनेपछि स्थानीयको दीर्घकालीन हित, सामाजिक न्याय र आर्थिक सशक्तीकरण सुनिश्चित गर्न यी मागहरू अत्यावश्यक छन्। “परियोजनाले ऊर्जा उत्पादनसँगै पर्यटन, रोजगारी र स्थानीय उद्यमशीलतालाई एकीकृत रूपमा अघि बढाउन स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्छ,” उहाँले भन्नुभयो।

ज्ञापनपत्रमा सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरी समयमै कार्यान्वयनको व्यवस्था गर्न आग्रह गरिएको छ। ज्ञापनपत्रमा चुडामणि दाहाल (व्यास), विकास सिग्देल (भिमाद), मनोज अधिकारी (म्याग्दे), हरि लम्साल (भिमाद) र रामु नेपाली (रिसिङ) सहित स्थानीय बासिन्दाहरूको समर्थन रहेको छ।

प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
202 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।