कक्षा ९ मा अध्ययनरत छात्रा सामूहिक बलत्कारको पासोमा परिन् ।

पौष २६ गते शनिबार ।

__________ बिज्ञापन____________

काठमाडौं।

__________ बिज्ञापन____________

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ मा १६ वर्षीय एक दलित नाबालिकामाथि भएको सामूहिक बलात्कारको घटनालाई लुकाउने प्रयास भएको छ । ती १६ वर्षीय बालिका ११ बजे राति शौचालय जानका लागि घरबाट बाहिर निस्किएको अवस्थामा टिपरबाट केही मान्छे बाहिर निस्किएर अपहरण गरी लगेर ५ जनाले सामूहिक बलात्कार गरेको बताइएको छ ।
सामूहिक बलात्कारमा संलग्न रहेकाहरु विरुद्ध किटानी जाहेरी पर्दा पनि घटना घटेको १० दिनसम्म प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको बताइएको छ । ती १६ वर्षीय किशोरीमाथि सब्दाम खान, मैन्यूदिन खान, समीर खान, फिरोज खान र साहिद खानले अपहरण गरी लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।
पीडत परिवारलाई पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका मोहम्मद स्तियाक राई र वडा अध्यक्ष सगीर खाँको दवाब दिइरहेको, प्रहरीलाई समेत मुद्दा दर्ता नगर्न दवाब दिएको बताइएको छ । बालात्कारमा परेकी बालिका भर्खर कक्षा ९ मा पढ्ने बताइएको छ ।
‘म ११ बजे राति पिसाब फेर्न उठेको थिएँ । ५ वटा केटाहरु टिपरको पछाडि लुकेर बसेका रहेछन् । एउटा केटा पछाडिबाट आएर मेरो मुख थुनिदियो । चारवटा केटा आएर उठाएर गोठमा लगेर गए । त्यसपछि म चिच्याएँ,’– पीडित बालिकाले रिपोर्टर्स नेपालमा आयोजित पत्रकार सम्मेलनमा भनिन्,‘म ती पाँच जना केटाहरु सबैलाई चिन्छु । प्रहरीले पनि केही कुरा सुन्दैनन् । इस्तियाक राई र अरुले दवाब दिइरहेका छन् । ती केटाहरु गाउँकै मान्छेहरु हुन् । उनीहरुसँग केही सम्बन्ध थिएन । म अहिले कक्षा ९ मा पढ्दैछु । ती केटाहरु अहिले बाहिर नै छन् । कोहीलाई पनि प्रहरीले समातेको छैन ।’
पीडित नाबालिकाको न्यायका लागि सामाजिक अभियन्ता जस्मिन ओझाले सहजीकरण गरेकी थिईन् । डुडुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष खाँलाई घटनाको बारेमा रिपोर्टर्स नेपालले राखेको जिज्ञासामा उनले आफूलाई घटनाबारे केही पनि थाहा नभएको बताए । उनले अरु कुनै प्रक्रिया दिन चाहेनन् ।
त्यस्तै, जसपा नेपालका नेता राईलाई घटनाबारे सोध्दा आफूले सामाजिक सञ्जालमार्फत जानकारी पाएको बताए । तर, जाहेरी दर्ता गर्ने वा नगर्ने भन्ने काम आफ्नो नरहेको उनले बताए । ‘मैले घटना सामाजिक सञ्जालबाट थाहा पाएको हो । जाहेरी दर्ता गर्ने वा नगर्ने भन्ने काम मेरो होइन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।स्रोत( रिपोर्टर्स क्लब बाट ) काठमाडौं संवाददाता

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
193 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।