पौष २९ गते मंगलबार ।
तनहुँ ।
भानु नगरपालिकाको १७ औ नगरसभा सम्पन्न।
तनहुँको भानु नगरपालिकाको १७ औ नगरसभा सम्पन्न भएको छ । नगरसभामा नगर प्रमुख श्री आनन्दराज त्रिपाठीले नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्दै।उप प्रमुखश्री उमा गोतामे द्वारा बाचन।कार्यकारी प्रमुख श्री सुरज श्रेष्ठको पनि नगरका बिषय चासो व्यक्त गरेका छन्। नगरपालिकाको शैक्षिक ,आर्थिक, सामाजिक र प्रशासनिक ,कर्मचारी र नगर प्रहरीको बिषयमा समेत नगरको उपलब्धि ,सेवा प्रवाह र कर्मचारीको पेसागत अभिबृद्वि र दक्षताको बिषयमा समेत आफ्नो धारणा स्पष्ट पार्नु भएको थियो। त्रिपाठीले नगरपालिकाले गरेका राम्रो काम र थालनी गरेका नयाँ अभ्यासहरुकाे बारे जानकारी दिँदै भानु नगरपालिकाले”राष्ट्रिय संकल्प आत्मसात गर्दै समृद्ध नेपाल र सुखी नेपालीको ” भावनालाई मध्यनजर राखी
“साहित्य ,पर्यटन र कृषि क्षेत्र राम्रो पारौ समृद्ध समुन्नत भानु हाम्रो ” जोड दिईएको बताउनु भयो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्वस्थ्य भोजन स्वस्थ शरीर ,स्वस्थ शरीर स्वास्थ बिचारलाई मनन गरि हाटबजार सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । नगरपालिकालाई कृषिमा आत्मनिर्भर गर्न विभिन्न कार्यक्रम गरिरहेको कृषिको सम्भावनालाई ध्यानमा राखेर भानुको गुन्द्रुक ब्राण्डिङ्ग गरि स्वदेश तथा बिदेश निर्यात गरेर समृद्ध भानु बनाउने योजना पनि रहेको बताएका छन्।कृषि उत्पादनमा आधारित अनुदान वितरण गरिएको पनि बताउनु भयो । धार्मिक र भाषिक पर्यटन प्रवद्धनमा बिशेष जोड दिएको र भानुभक्तको जन्मस्थल निर्माणकार्यका लागि गुरुयोजना तयार गरि निर्माण कार्य सुरु भएको ।धर्म र आस्थाको केन्द्र थानीमाई मन्दिरको पनि बिकासको प्रथम चरणमा रहेको जानकारी दिनुभयो । नगरपालिकाले स्वस्थ्य , शिक्षा , खानेपानी, तथा सरसफाई , पुर्वाधार विकास, न्याय ,सुशासन, वन वातावरण तथा विपद ब्यवस्थापन लगाएतलाई प्रमुख प्राथमिकता दिईएको उल्लेख गर्नुभयो ।
नगरपालिकाले खेलकुँदलाई पनि प्राथमिकतामा राखेको कुरा बताएका छन्।उक्त कार्यक्रममा बिषयगत समितिले प्रतिवेदन संयोजक मार्फत प्रस्तुत गरेका थिए।पालिका सदस्य कृष्णराज धमनियाले नगरको समृद्धिका लागि करको दायरा ,स्रोत पहिचान र भानु ९ पुर्कोट काउरेटारमा रहेको कभर्डहलको निर्माणको बिषयमा पनि प्रश्न नगरप्रमुखलाई गरेका थिए। नगरसभा दृष्यमा ।