आठौं व्यास नगर अल्ट्रा म्याराथन माघ १६ गते हुने

दमौली । सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।

__________ बिज्ञापन____________

नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना हुँदै आएको यो अल्ट्रा म्याराथन व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटबाट सुरु भइ व्यास नगरपालिका–८, सहिद गाउँ पुलिमराङमा पुगेर समापन हुने छ ।

__________ बिज्ञापन____________

४४ किलोमिटर लामो उक्त दौड मानुङकोट, अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै पुलिमराङसम्म सञ्चालन हुने छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने र स्थानीय पहिचान उजागर गर्ने अभियान भएको बताए ।

उहाँका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवर्धन गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि टेवा पुग्ने भएकोले गरिएको हो । नगर प्रमुख न्यौपानेले भने, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ ।”

नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिए । धावकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने आचार्यले बताए।

व्यास नगरपालिका वडा ६ का वडाध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए।

उहाँका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैंमा पर्यटन सम्भावनाले भरिपूर्ण रहेको छ । यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान गर्ने छ ।

आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २०० भन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ८५ हजार ७७, ६५ हजार ७७ र ५५ हजार ७७ रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ भने पाँच जना धावकलाई सान्त्वना पुरस्कार स्वरूप जनही १६ हजार ७७ रुपियाँ प्रदान गरिने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
96 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।