बैशाख ७ गते सोमबार ।
काठमाडौं संवाददाता ।
अक्षयतृतीया।बिशेष लेख।
एष धर्मघटो दत्तोब्रह्मा बिष्णु शिवात्मक:।
अस्यप्रदानात्तृप्यन्तु पितरो प्रपितनमहा:।।
गन्धोदकं तिलैर्मिकश्रं सान्नकुम्भं फलान्वितम्।
सम्प्रदास्यमि अक्षयं भवतु सदा।।
यस पर्वमा स्नान,दान जप,तप जे जस्तो गरिन्छ त्यसको अक्षयफल हुन्छ।(यसै कारणले अक्षय तृतीया नाम रहेको हो।भगवान श्री शिवले महादेवको रुपमा अवतार लिएको समयमा माता श्री पार्वती सँग बिबहा बन्धनले बाँधेर गृहस्थ धर्म को मूल्यमान्यता सिकाएको पर्व पनि हो।(क्षय नहुनेफल) वैशाख शुक्ल तृतीयाको यो पावन घडीमा जौ को सातु,वयञ्जनादि तथा गर्मियाममा हितकारी वस्तुहरु,जौ को सातु,चीनी,सख्खर, सर्वत ,जलपूर्ण माटोको घडा दान गर्ने र चौतारीहरुमा पनि बिधिवत रुपमा नयाँ घडामा वटुवाका लागि पिउने पानी राख्ने उच्च कोटीको सनातन परम्परा कायम छ। आजको दिन बिबहा,रुद्र पूजा,रुद्री पाठ,नाक,कान छेदन,गृह आरम्भ ,गृह प्रवेश लगाएतका शुभकार्यका लागि साईत जुराउन नपर्ने भन्ने परम्परा पनि नेपाली समाजमा चलिरहेको छ। हाम्रो प्राचीन सभ्यता र समृद्ध हिन्दू संस्कृतिको अक्षय स्वरूप सधैं जीवन्त रहोस् भन्ने कामना गर्दछु।
आजको दिन गरिएको सत्कर्म, दान र पुण्यको फल कहिल्यै नाश हुँदैन। हाम्रो गौरवमय चाडपर्व ,संस्कार र सांस्कृतिक सनातनी मूल्यमान्यता र परम्परागत संस्कार र धर्मको ज्योति पृथ्वी ,चन्द्रमा र सूर्यनारायण रहे सम्म रहिरहन सकुन् ।
भगवान श्री शिवपार्वती को जय होस् ।ॐ शिवाय नम।गौरीशंकर भगवान को जय।सनातन धर्मको जय।समस्त पृथ्वी वासी प्राणी जगतको जयहोस्।
लेखक (आश ब घिमिरे )