आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक […]
शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् । उनीसँगै भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दङ्गाल पनि रहने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । […]
दर्शक भेट्न भोलि दमौली आउदै ‘जेरी अन टप’का कलाकार अनमोल, जसिता र आँचल

दमौली । असोज ३१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ यतिबेला देशभर प्रदर्शनरत छ । फिल्मले प्रदर्शन देखि निरन्तर राम्रो दर्शक पाउन सफल भएको छ । यसैबिच दर्शक प्रतिक्रिया बुझ्न फिल्म युनिट सोमबार मोफसल टुरमा आउन लागेका छन । अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय जसिता गुरुङ र आँचल शर्मासहितको टिम भोलि सोमबार दर्शक भेट्न […]
नवनियुक्त दुई मन्त्रीले खाए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ खुवाएका हुन् । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ […]
एक्कासि रोकियो सपथग्रहण।

जेनजी आन्दोलन पछि बनेको नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की सरकारले लामो समय सम्म पनि पूर्णता पाएको छैन।लामो समयदेखि मन्त्री छान्ने बैठक को रस्साकस्सी बिच आज हुन लागेको ४ जना मन्त्रीको सपथ ग्रहण कार्यक्रम पनि अन्तिम समयमा उल्झनमा परेको छ।श्रेष्ठ र सुनार बिबादित बनेका छन्। सरकारको मन्त्री सिफारिसमा परेका खगेन्द्र सुनारविरूद्ध जिल्ला अदालत काभ्रेले पक्राउ […]
सेवाग्राही मर्कामा ।
भानु ९ पुर्कोट तनहुँ । सम्वाद दाता यमपञ्चकको लामो बिदा पछि देशै भरका सरकारी कार्लय नियमित रुपमा खुलेका छन।गण्डकी प्रदेश तनहुँ जिल्ला स्थित भानु नगरपालिकाको कार्यलय पनि नियमित रुपमा खुलेको छ।नगरपालिका बाट सेवा लिने सेवाग्राहीलाई सेवा सहज र सुलभ उपलब्ध भएको पनि त्यहाँका कर्मचारी र सेवा लाभान्वित को मुखबाट र कर्मचारीको कामको प्रमाण बाट बुझिएको […]
तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ । सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघिको कार्त्तिक ३ गते […]
मन्त्रिपरिषद् विस्तार हुँदै, यी ४ मन्त्रीले आजै शपथ लिने तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्न लागेकी हुन् । जसमा खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । त्यस्तै, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद र सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्ने तय भएको छ । उनीहरु चारै जनाको नामावली […]
छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

आँबुखैरेनी । तनहुँ जिल्लाको आँबुखैरेनी हाटबजारस्थित पवित्र स्थलमा शनिबारदेखि छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि आयोजना गरिएको उक्त महायज्ञ आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञको उद्घाटन एक भव्य समारोहका बीच आँबुखैरेनी निवासी १०२ वर्षीया वयोवृद्ध जेष्ठ नागरिक मिना देवी […]
हेर्नुहाेस् कस्ताे छ आजको राशिफल ?

काठमाडौं । आज २०८२ साल कात्तिक ९ गते आईतवार । कात्तिक शुक्ल पञचमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २६ तारिख। हेर्नुहोस् आजको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूको सहयोगले चलिरहेको आपसी मतभेद सुल्झिनेछ। मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने […]