भानु ९ पुर्कोट तनहुँ ।
सम्वाद दाता
यमपञ्चकको लामो बिदा पछि देशै भरका सरकारी कार्लय नियमित रुपमा खुलेका छन।गण्डकी प्रदेश तनहुँ जिल्ला स्थित भानु नगरपालिकाको कार्यलय पनि नियमित रुपमा खुलेको छ।नगरपालिका बाट सेवा लिने सेवाग्राहीलाई सेवा सहज र सुलभ उपलब्ध भएको पनि त्यहाँका कर्मचारी र सेवा लाभान्वित को मुखबाट र कर्मचारीको कामको प्रमाण बाट बुझिएको छ।
तर ,भानु नगरपालिकाको वडा नं ९ मा भने सेवा सुचारु अवस्थामा नरहेको पाईएको छ।तिहार बिदाको १दिन अगाडि आईतवार समेत सेवा लिनबाट बञ्चित सेवाग्राहीले तिहार बिदाको भोलिपल्टको आईतबार समेत कार्यलयमा कर्मचारी उपस्थिति नभएको र अत्यावश्यक कामको जिम्मेवारी र विद्युुतिय माध्यम बाट लिने सेवा लिन नसकेकोमा स्थानीयले गुनासो मात्रै गरेका छैनन् सेवाग्राही आक्रोशित समेत भएका छन।
सर्वसाधारण सेवा लिन कार्यलय जाँदा ईन्टरनेट सेवा समेत अबरुद्ध रहेको देखिन्छ ।वडा अध्यक्ष सँग किन ईन्टरनेट सेवा चलेको छैन भनेर प्रतिक्रिया माग्दा शुल्क रिचार्ज नगरेको भन्ने चित्तबुझ्दो जवाफ पाईन्छ ।सबै वडाको हालत र कर्मचारीको यस्तो किसिमको जवाफदेहीता बिहिन सेवा हो वा सरकार को काम कहिले जाला घाम हो ।नगर पालिकामा समेत कतिपय सचिवले बिदा स्वीकृत नगरीकन बिदा लिएको पनि जानकारीमा आएको छ।बिगतमा जे जस्तो भएको भए पनि भविष्यमा कर्मचारीले चुस्त दुरुस्त सेवा उपलब्ध गराउने कुरामा भान ९ का वडावासी जनता ढुक्क छन्।सेवा प्रवाहमा कुनै पनि कर्मचारी वा कार्यलयको अनावश्यक ढिला सुस्ती र बहानाबाजी अबका दिनहरूमा जनताले न स्वीकार्ने पनि हाम्राे सवितुर खवर लाई नाम नबताउने सर्तमा सेवाग्राहीले बताएका छन।