तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ ।

__________ बिज्ञापन____________

सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

__________ बिज्ञापन____________

यसअघिको कार्त्तिक ३ गते सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसलगतै तिहार बिदा भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपनि आज मात्र मूल्य सार्वजनिक भएको हो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज २६५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ। कार्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
15 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।