काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्न लागेकी हुन् ।
जसमा खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । त्यस्तै, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद र सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्ने तय भएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो ।
यी चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0