‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट काठमाडौँ आए दयाहाङ र मिरुना

काठमाडौंँ । धेरै कलाकार आफु काठमाडौँ बाहिर भए फिल्मको प्रिमियरमा कमै उपस्थित हुन्छन् । तर अभिनेता  दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने फिल्म ‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट आएका छन् । उनीहरू बुधबार साँझ राखिएको प्रिमियरका लागि मध्यान्न काठमाडौँ आएका हुन् ।

__________ बिज्ञापन____________

दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाँई’को छायाङ्कन केही सातादेखि रुकुममा चलिरहेको छ । बीग मुभिजमा आयोजना भयो प्रिमियरमा सहभागी हुन फिल्मको छायाङ्कन रोकेर आएका हुन् । फिल्मको प्रिमियरका लागि यति लामो यात्रा ? रातोपाटीले दयाहाङलाई प्रश्न राखेको थियो । जवाफमा दयाहाङले आफ्नो फिल्मको प्रिमिएरमा कलाकारले जसरी पनि सहभागी हुनुपर्ने धारणा राखे ।

__________ बिज्ञापन____________
प्रिमियरका कलाकार सहभागी हुँदामा निर्माण युनिटमा हौसला मिल्ने उनले बताए । ‘प्रिमिएरका लागि भनेर हामी मंगलबार राती ११ बजे रुकुमबाट हिँडेका थियौँ । पोखराबाट भने प्लेनमा आयौँ,’ दयाहाङले भने ‘मिरुना २ दिनदेखि बिरामी छिन् । अनिदो अवस्थामा प्रिमियरमा आइपुगेका छौं ।’
अभिनेत्री मिरुनाले आफ्नो फिल्म हलमा लाग्न लागेको भन्दै खुशी व्यक्त गरिन् । फिल्मले दर्शकको मन जित्ने उनको विश्वास रहेको छ । साँझ ४ः३० भनिएको प्रिमियर प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु हुन पुगेको थियो । फिल्मको अवधि ३ घण्टा भएको प्रिमियर मध्य रातमा मात्र सकियो ।
फिल्मको प्रिमियरमा सहभागी भएर दयाहाङ र मिरुना बिहीबार बिहानै रुकुमतर्फ लागेका छन् । फिल्म ‘घर ज्वाँई’को छायाङ्कनलाई निरन्तरता दिन उनीहरू त्यसतर्फ लागेका हुन् ।

फिल्म ‘रङ्गेली’मा दयाहाङ र मिरुनाको मुख्य भूमिका छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको समेत अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता, विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन् ।

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
34 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।