रश्मिकाले टुंग्याइन् ‘पुष्पा २’ को छायांकन, भन्छिन्- उत्तर-दक्षिण एक हुनुपर्ने बेला आयो

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो २२ औं फिल्मको रुपमा यसैसाता ‘पुष्पा २’ को छायांकन सकाएकी छन् । डिसेम्बर २०२३ मा रिलिज भएको ‘एनिमल’पछि सफलताको यात्रा गरिरहेकी उनी पछिल्लो समय भारतकी व्यस्त अभिनेत्री हुन् ।

__________ बिज्ञापन____________

‘अन्ततः मैले मेरो २२  फिल्म सकेकी छु । मलाई यहाँसम्म आइपुग्न २२ फिल्म लाग्यो । मेरा लागि यो कठिन काम थियो र यात्रा पनि । आज मैले मानिसलाई मेरो कथा लेख्न, ठूला फिल्म र राम्रा कथामा मलाई विश्वास गर्न सुविधा दिएकी छु,’ उनले भनिन् ।

__________ बिज्ञापन____________
२७ वर्षीया अभिनेत्री भन्छिन्, ‘मलाई लाग्छ कि यो मेरो यात्रालाई लिएर म पूर्णरुपमा धन्य छु । एकदमै विश्वस्त र एक किसिमको राहत महसुस गरेकी छु ।’ ‘पुष्पा २’ भारतको स्वतन्त्रता दिवसको अवसरमा अगस्ट १५ मा रिलिज हुने तयारीमा छ ।

‘सबै कुरा राम्रो हुँदैछ । हामीले फिल्डमा झण्डै ५० दिन बिताएका छौं र अझै धेरै गर्न बाँकी छ । मेरा दर्शकलाई यो काम पहिलेभन्दा अहिलेसम्मकै ठूलो हुन गइरहेको प्रतिबद्धता जनाउन चाहन्छु,’ रश्मिका भन्छिन्, ‘धेरै काम गरिएको छ । धेरै ध्यान दिइएको छ । प्रत्येक पात्रमा केन्द्रित भएर काम गरेका छौं । यो निकै रोचक हुनेवाला छ ।’

करिअर र फिल्मको कुरा गर्दा रश्मिकाले बलिउड र साउथ इण्डिया दुवैतिर आफूलाई स्थापित गरेकी छन् । दुई फरक फिल्म उद्योगमा काम गरेको प्रसंग निकाल्दै उनले यसमा ‘पान इण्डिया’ तत्व प्रमुख कारण रहेको बताइन् ।

‘मलाई लाग्छ कि अब हामीले यो उद्योगलाई भारतीय फिल्म उद्योग भनेर बोलाउन थाल्ने बेला आएको छ । किनभने हामी सबैजना मनोरञ्जन उद्योगमा छौं । हामी सबै एक देशका हौं । हामीले हाम्रो देशका सबै उद्योग उस्तै छन् भनेर स्वीकार्ने बेला हो यो,’ उनी भन्छिन्, ‘हामी यहाँ सुन्दर फिल्म बनाउन र राम्रा कथा भन्न आएका छौं । कठिनाइ पार गर्‍यौं । मानिस जहाँका भएपनि उनीहरु विभिन्न उद्योग र विभिन्न भाषामा सँगै काम गरिरहेका छन् । परिवर्तनको हिस्सा भएकोमा म साँच्चै खुसी छु ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
37 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।