आजदेखि बुटवलमा कृषि मेला सुरु: अवलोकन गर्न पैसा नलाग्ने

बुटवल । आजदेखि बुटवलमा  राष्ट्रिय प्रांगारिक कृषि मेला २०८०  सुरु भएको छ ।

__________ बिज्ञापन____________

प्रांगारिक कृषि मेला निःशुल्क अवलोकन गर्न पाइने भएको छ । फागुन १० गते बाट १४ गतेसम्म बुटवल १२ रामनगरमा रहेको प्रदर्शनी केन्द्रमा बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मेला आयोजना गरिएको छ ।

__________ बिज्ञापन____________
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मेलामा निःशुल्क अवलोकनको व्यवस्था गरिएको जानकारी दिए । २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको र यस पटकको मेलालाई असल कृषि अभ्यासको रुपमा लिइएको अर्यालको भनाई रहेको छ । मेलामा १०० वटा स्टलको सहभागिता छ ।

प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिने साथै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना अभिबृद्धि गर्ने, प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धति अपनाउन कृषकहरुलाई जागरुक बनाउने मेलाको उदेश्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

यस्तै उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता कृषक० लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधि हस्तान्तरण गर्ने, असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुयाउने साथै प्रयोगका लागि जनचेतना फैलाउने समेत मेलाको उदेश्य रहेको छ ।

यस्तै कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पुराउने, साना र मध्यमस्तरीय कृषक र कृषि उद्योगी तथा व्यवसायीहरुलाई दिगो कृषि व्यवसायको व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने, कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवर्द्धनमा सहयोग पुर्‍याउने, यस क्षेत्रमा कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीलाई जनसमक्ष ल्याउने र उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेता विच समन्वय गर्ने र समर्थन मुल्यको सुनिश्चीतता गर्ने मेलाको उदेश्य रहेको छ ।

साना तथा मझौला कृषक र कृषि, पशुपन्छी तथा मत्स्यजन्य व्यवसायीहरुको समस्या पहिचान स्वयं कृषक र व्यवसायीबाट गर्न लगाई त्यसको निराकरणको लागि बिज्ञ मार्फत परामर्श उपलब्ध गराउने, कृषिजन्य नगदेबाली, मह पुष्प जडिबुटी पशुउत्पादन, दुग्ध र मासु र अण्डाको उत्पादन, तथा मस्त्यजन्य पदार्थको प्रशोधन, भण्डारन तथा बजारिकरणको लागि सम्बन्धित निकायको सहकार्यमा कृषि र पशुपन्छी तथा मत्स्यजन्य उद्योगको बिस्तारमा सहजीकरण गर्ने उदेश्य मेलाको रहेको छ ।

प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र उत्कृष्ट उद्यमीहरुको स्टर रहने भएकाले यसलाई महत्वपूर्ण मानिएको आयोजकको दावी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
66 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।