सनातन संस्कृति र पूर्विय दर्शन

हामीले जान्दै,मान्दै पढ्दै पढाउदै सिक्दै सिकाउदै आएको कुनै पनि मूल्य ,मान्यता ,परम्परा धर्मग्रन्थ कुनै पनि शिक्षा  मानवीय हित,जीवन र जगत बिरुद्ध छैनन् र होइनन्  पनि।धर्मो रक्षति रक्षितः परधर्मो भयावह,परान्न भयावह,पराधन भयावह।।

__________ बिज्ञापन____________

सति प्रथा वास्तवमा वेद, उपनिषद्, गीता वा धर्मशास्त्रको मूल शिक्षा होइन, यो पछि केही समाजमा चलाइएको क्रूर परम्परा हो जुन धर्मको नाममा गरिन्थ्यो तर धर्मशास्त्रसँग मेल खाँदैन।

__________ बिज्ञापन____________

वेद र हिन्दू धर्मको मूल सन्देशयस्तो छ।

ऋग्वेद, अथर्ववेद आदि ग्रन्थमा सती प्रथाको प्रत्यक्ष समर्थन छैन। बरु, ऋग्वेद (१०.१८.७) मा “स्त्री पुनः विवाह गरेर जीवन बिताओस्” भन्ने भाव छ, जसलाई पछि गलत अनुवाद गरेर सतीप्रथाको  समर्थन गरे जस्तो गरि बिदेशी दलालद्वारा  बिकृत बनाइएको थियो।

गीता कुनै चान चुने ग्रन्थ होइन  साक्षत भगवान श्री हरिले मानव रुपमा अवतार लिएर दानव रुपि मानवको नर संहार बाट धर्म र मानव को जीवन र जगतको रक्षाको लागि कुरुक्षेत्रको भयावह लडाइँको मैदानमा न्याय र अन्याय के हो? कर्म को फल कसरी भोग्नु पर्छ भन्ने सन्देश हो।जुन कुरा समस्त प्राणीको र चराचर जगतमा सार्थक छ। भगवान कृष्णले जीवनको मूल्य, धर्म, सत्य र करुणाको महत्त्व सिकाउनु हुन्छ । कुनै पनि निर्दोषको हत्या वा जबरजस्ती आत्मदाह धर्म होइन।

पूर्विय दर्श मूल्यमान्यता र परम्परा र प्रथा भिन्न हुन्छन्

हिन्दू संस्कृतिमा धेरै राम्रो र जीवनदायी प्रथाहरू छन् — संस्कार, योग, आयुर्वेद, पूजा, होम, रक्षाबन्धन, दशैं, तिहार आदि।

तर समयसँगै केही सामाजिक प्रथाहरू बिग्रिए, कठोर बने, र मूल धर्मशिक्षा विपरीत गए।

सती प्रथा र छाउपडि प्रथा पनि त्यस्तै हो — केही ठूला ठालू,शोषक र सामान्ति संस्कार बोकेका   राजदरबार र समाजले आफ्नो मान–मर्यादा र स्त्री नियन्त्रणका लागि बाध्य बनाएका थिए।

हाम्राे धर्मको नियममा कठिन ,कुटिल ,भ्रम छैनन् ।भएको पनि परिवर्तन गर्नुपर्छ। हामी किन यस्तो गर्दैनौँ?

किनभने हिन्दू धर्म स्थिर छैन, यो सनातन धर्म हो — समय, स्थान र परिस्थिति अनुसार सत्य र करुणामा आधारित रूपमा सुधार हुन्छ।

धेरै ऋषि–मुनि, समाजसुधारक (जस्तै विद्यासागर, स्वामी विवेकानन्द, राजा राममोहन राय) ले यो प्रथा हटाउन लडे, किनकि यो वेदसम्मत थिएन र अधर्म थियो।

आजको हिन्दू संस्कृति अहिंसा, करुणा र जीवनको सम्मानमा आधारित छ, त्यसैले यस्तो हिंस्रक र अमानवीय प्रथा हामीले गर्ने कुरा नै हुँदैन।

हाम्रोजस्तो देशमा धर्म ,जात ,भूगोलको आधारमा स्वदेशी र विदेशी धर्मको आरोपबारे हामी संयमित हुनु जरुरी छ।

विदेशी धर्मको कुरा गरेर आफ्नै धर्मको विकृत पक्षलाई पुनः जिवित गर्नु बुद्धिमानी होइन।

वास्तविक हिन्दू धर्म पालना गर्नु भनेको वेदको ज्ञान, योग, सत्कर्म, परिवारप्रतिको प्रेम, र संस्कारलाई जोगाउनु हो — न कि मानवहत्या वा जबरजस्ती।आत्महत्या ,तिरस्कार,अपमान।छाउपडि,बोक्सी र  सती प्रथा धर्म होइन, त्यो समयको सामाजिक विकृति हो। वेद–गीता–उपनिषदको शिक्षा जीवनलाई सम्मान दिन्छ। हिन्दू भएर हामी राम्रा संस्कारलाई अंगाल्छौँ, अधर्मलाई त्याग्छौँ — यही हो सनातन धर्मको शक्ति।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
19 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।