बन्दीपुर केबलकारको आइपीओ खुल्दै

दमौली । तनहुँस्थित बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ आम सर्वसाधारणका लागि पनि खुला हुने भएको छ । यसअघि परियोजना प्रभावितका लागि आइपीओ खुला गरिएको थियो । यही भदौ ११ देखि आइपीयो सुचारु हुने कम्पनीले जनाएको छ ।

__________ बिज्ञापन____________

कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर आम सर्वसाधारणका लागि खुला गर्न लागिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

__________ बिज्ञापन____________

केही शेयर आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई पनि छुट्याइएको उनले बताए ।

भदौ ११ देखि १५ गतेसम्म कम्पनीको शेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिने भएको छ ।

ब्याजसहित आयोजनाको कुल अनुमानित लागत तीन अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
33 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।