- धर्मो रक्षति:रक्षित: परोपकार पुण्याय पापाय परपीडनम्’ अर्थात् धर्म भनेको परोपकार हो र अरूलाई पीडा दिनु पाप हो भन्ने कुरा व्यवहारमा उतारौँ। यस्तै ‘वसुधैव कुटुम्बकम्’ भन्ने कुरा प्रशस्तै लेखिएको छ। सबै देशका नागरिक बन्धु अर्थात् दाजुभाइ दिदीबहिनी समान हुन्, ती सबैमा समभाव राखौँ। विभिन्न देशहरू पनि समाजले निर्धारण गरेको राजनैतिक रेखा हुन् भन्ने कुरा बुझौँ, बुझाऔँ। यो जगत्, यहाँका मान्छे, पशुपंक्षी, कीटपतङ्ग सबैका सर्जक एउटै हुन् भन्ने मान्यता अनुसारको व्यवहार गरौँ। मन्त्रमा मात्र हैन, कण–कणमा भगवान् छन् भन्ने ‘यत्र यत्र स्थितो देवा सर्वव्यापी महेश्वरः’ भन्ने मान्यतालाई बुझौँ र बुझाऔँ।सनतनी हरुका देवी देवता धेरै छन।३३ करोड होइन ।३३ प्रकारका हुन।रुद्र ,आदित्य ,वसु र अश्वीनिकुमार तर यहाँ अनर्थ लगाईन्छ।एकोब्रह्म विप्र वहुदा वदन्ति: सत्य एउटै तर बिद्वानहरुले धेरै देख्ने ।दृष्टि दोष ज्ञानको कमी।हिन्दु पद्धति हो धर्म होइन ।सनातन धर्म हो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0