स्थानीय तहमा ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ अन्त्य भएको मन्त्री न्यौपानेको घोषणा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहिबारबाट देशभरका गाउँपालिका र नगरपालिका ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ विहिन बनाइएको घोषणा गरेकी छन् ।

__________ बिज्ञापन____________

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सुशासनलाई सुदृढ बनाउन र स्थानीय तहलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताइन्।

__________ बिज्ञापन____________

“सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यही क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु,” मन्त्री न्यौपानेले लेखेकी छन्।

उनका अनुसार उनले मन्त्रालयको नेतृत्व सम्हाल्दा ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए।

“आजदेखि सबै गाउँपालिका र नगरपालिका निमित्त विहिन भएका छन्,” उनले उल्लेख गरिन्। मन्त्री न्यौपानेले जिम्मेवारी पाउने प्रमुख प्रशासकीय अधिकृतहरुलाई बधाई दिँदै दक्षता र इमानदारीका साथ आफ्नो दायित्व पूरा गर्न आग्रह गरिन्।

साथै, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई पनि नवआएका अधिकृतलाई स्वागत गर्न र उनीहरूको क्षमताको सदुपयोग गर्न सुझाव दिएकी छन्। उनले अभियानमा खटिएका मन्त्रालयका सचिव, सम्पूर्ण टोली र सचिवालयका सदस्यहरुलाई धन्यवादसमेत दिएकी छन्।

यस्तै, उनले अबको अर्को चरणमा उपमहानगरपालिका र महानगरपालिकामा पनि निमित्त प्रणाली अन्त्य गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।

मन्त्री न्यौपानेले लेखेकी छन्, “आम जनताको हितलाई केन्द्रमा राखेर यो निर्णय गरिएको हो। यस्तो काममा सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु।”

नेपाल प्रेस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
20 views
सम्बन्धित खबर
आजको राशिफल।
मुग्लिन नौबिसे सडकको काममा ढिला सुस्ती
इन्जिनियर पाण्डेले कसे लगन गाँठो ।
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
ताजा खबर
मुग्लिन नौबिसे सडकको काममा ढिला सुस्ती
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।