मुग्लिन नौबिसे सडकको काममा ढिला सुस्ती

मुग्लिङ–मलेखु सडक विस्तारमा सुस्तता : साढे तीन वर्षमा ४३ प्रतिशत मात्रै काम

__________ बिज्ञापन____________

वैशाख १२ गते ।

__________ बिज्ञापन____________

काठमाडौँ जोड्ने मुख्य लाइफलाइन मानिने पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको कार्य सुस्त देखिएको छ । साढे तीन वर्ष अगाडिबाट सुरु भएको यस आयोजनाको हालसम्म ४३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

मलेखुपूर्वको सडक विस्तारले गति लिइरहँदा पश्चिम खण्ड (मुग्लिङ–मलेखु) मा भने निर्माण सामग्रीको अभाव र स्थानीय अवरोधका कारण काम प्रभावित भएको हो ।

किन भइरहेको छ ढिलाइ?
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीका अनुसार आयोजनाले सुरुदेखि नै विभिन्न समस्या झेल्दै आएको छ। उहाँ भन्नुहुन्छ, “सुरुमा डिजाइन, त्यसपछि घरटहरा र बिजुलीका पोल हटाउने समस्या आयो । अहिले मुख्य समस्या निर्माण सामग्रीको छ । मलेखु क्षेत्रका खोलाबाट सामग्री उठाउन नदिँदा निर्माण कम्पनीलाई काममा दबाब दिन सकिने अवस्था छैन ।”

स्थानीय अवरोध र मूल्यवृद्धि मुख्य चुनौती:
आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) ले अनुमति दिएको लामाबगर क्षेत्रबाट गिट्टी, बालुवा निकाल्न स्थानीय र स्थानीय सरकारले अवरोध गरिरहेका छन् । पटक–पटकको वार्ताबाट पनि समाधान निस्कन सकेको छैन । त्यस्तै, पछिल्लो समय भएको मूल्यवृद्धिले पनि निर्माणमा थप चुनौती थपेको छ ।

कहिले भएको थियो सम्झौता?
मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर सडक खण्ड विस्तारका लागि शर्मा–जेडआइसीजी जेभीसँग २०७९ मङ्सिर ७ गते ठेक्का सम्झौता भएको थियो । हाल यस खण्डमा ढल निर्माण र सडक पेटीको काम भइरहे पनि सन्तोषजनक प्रगति हुन सकेको छैन ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीयको अवरोध हटाउन पहल भइरहेको बताए पनि जनप्रतिनिधिबाट अपेक्षित सहयोग नमिलेको आयोजनाको गुनासो छ ।
प्रेस प्रमुख ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
46 views
सम्बन्धित खबर
आजको राशिफल।
इन्जिनियर पाण्डेले कसे लगन गाँठो ।
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
ताजा खबर
मुग्लिन नौबिसे सडकको काममा ढिला सुस्ती
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।