गंगा सोनामले हात पारिन् नेपाल आइडल सिजन ६ को उपाधि

काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्।

__________ बिज्ञापन____________

आइतबार राति ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले विजेता बनेकी हुन्।

__________ बिज्ञापन____________

गंगा नेपाल आइडल विजेता बन्ने दोस्रो महिला बनेकी छन्। यसअघि सिजन ३ मा सज्जा चौलागाईं पहिलो महिला विजेता बनेकी थिइन्।

गंगाले उपाधिसँगै ट्रफी, नगद २५ लाख रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन्।

यस सिजनमा सिक्किमकी बबिता थापा मगर फर्स्ट रनरअप भइन्। उनले नगद १० लाख रुपैयाँ जितिन्। चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भइन् र उनले नगद ५ लाख रुपैयाँसहित उपहार प्राप्त गरिन्।

दार्जिलिङका अभिनय खाति चौथो र काठमाडौंकी मृनल मानन्धर पाँचौं बने। उनीहरूले १–१ लाख रुपैयाँ पुरस्कार पाए।

फिनालेमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए। शोको निर्देशन सुरेश पौडेल र एलेन श्रेष्ठले गरेका हुन्।

नेपाल आइडलको यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार विजेता बनेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
33 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।