अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या ६१० पुग्यो

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको छ। तालिबानको गृह मन्त्रालयले पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको बताएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

__________ बिज्ञापन____________

आइतबार राति ११:४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। यसपछि,कम्तिमा तीन पटक फेरि भूकम्प गएको छ। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।

__________ बिज्ञापन____________

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो। भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत भूभाग पहाडी छ।

भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकोप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोगो अपील गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
23 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।