मुग्लिन–नारायणगढ सडकखण्ड: पहिरो पन्छाउने काम बिहानैदेखि सुरु, ढुंगा झर्ने क्रम अझै रोकिएन

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुन: सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

__________ बिज्ञापन____________

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोला पुल नजिक शुक्रबार रातिदेखि खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको हो । शनिबारदेखि नै मेसिन परिचालन गरी पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि ढुंगा खसिरहँदा काममा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

__________ बिज्ञापन____________

राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू बाटैमा अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय र प्रहरीले उनीहरूको लागि खाना–पानीको व्यवस्था गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सडक डिभिजनले नौबिसे–दामन–हेटौंडा वा मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट (कालीगण्डकी करिडोर) मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
35 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।