भानु ९ पुर्कोट का युवा पोर्चुगलमा बेपत्ता ।

भानु ९ पुर्कोट तनहुँका होनहार युवा बिगत ५ दिन देखि पोर्चुगलमा एकाएक सम्पर्क बिहिन भएका छन।उनको खोजी कार्य व्यापक रुपमा गरिए पनि हाल सम्म केही जानकारी आएको छैन। भाइ छिटोभन्दा छिटो  सकुशल परिवारको सम्पर्कमा आउन भन्ने सम्पूर्ण नेपालीको आशा र बिश्वास छ।

__________ बिज्ञापन____________

पोर्चुगलमा रहेका विभिन्न संघ संस्थाले पनि उनको स्थिति बारे चासो र चिन्ता व्यक्त गर्दै अपिलपत्र समेत जारी गरेका छन।

__________ बिज्ञापन____________

अपिल पत्र।

विषय: हराएका नेपाली नागरिक जितेन्द्र पाण्डेको खोजीमा सहयोगको लागि अपिल

पोर्चुगलभर रहेका सबै नेपाली संघ–संस्था, समुदायका प्रतिनिधि, र मिडियाका साथीहरूमा सादर नमस्कार,

पोर्चुगलको Covas de Ferro, Sintra मा बस्दै आउनुभएका जितेन्द्र पाण्डे, उमेर: ३४ वर्ष, घर ठेगाना: तनहुँ, नेपाल, गत आइतबार देखि परिवार र साथीभाइको सम्पर्क बाहिर रहनु भएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगललाई जानकारी प्राप्त भएको छ ।

उहाँका TRC कार्ड, बैंक कार्ड र व्यक्तिगत सामग्रीहरू सबै उहाँकै कोठामा फेला परेका छन्, तर हालसम्म उहाँको अत्तोपत्तो लागेको छैन। मोबाइल फोन पनि अफ अवस्थामा रहेको छ। घटना सम्बन्धित Sintra प्रहरी (PSP) र नेपाल दूतावास, लिस्बनमा आधिकारिक रूपमा जानकारी गराइसकिएको छ।
तर अहिलेसम्म उहाँबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन।
त्यसैले, पोर्चुगलभर रहेका सबै नेपाली संघ–संस्था, समुदायका प्रतिनिधि र सामाजिक सञ्जाल समूहहरूलाई उहाँको खोजीमा सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

कृपया यो सूचना आफ्नो प्लेटफर्ममा सेयर गरी सन्देश फैलाउन सहयोग गर्नुहोस्।

यदि कसैलाई पनि उहाँबारे कुनै जानकारी प्राप्त भयो भने तुरुन्त तल दिइएका सम्पर्क माध्यमहरूमा खबर गर्नुहोस्:

अध्यक्ष : बम बहादुर जि.सी. 920551660
महासचिब : गुरु पेमा तामाङ 920145519
प्रवक्ता : नबराज घर्ती 920507831

सहयोगका लागि सबैलाई हार्दिक धन्यवाद।
#HelpFindJitendraPortugal #NRNAPortugal स्रोत पोर्चुगलमा कार्यरत भानु ९ पुर्कोटका शुभ चिन्तक भाई

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
30 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।