आन्दोलनको बलबाट आएको सरकारले गरेको गतिलो,चोटिलो र जन चाहाना अनुसारको निर्णयले पलायो आशा।सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र जापानबाट नेपालका लागि आवासीय राजदूतहरुलाई कात्तिक २० गते भित्र नेपाल फर्किसक्ने गरि फिर्ता बोलाउने निर्णय गरेको छ ।अब यतिमात्र होइन भ्रष्टाचारको फाईल धमाधम खोल्नु पर्छ।केपी,सेरे,प्रचण्ड ,लेखक,र प्रहरी आई जी पीर माताहतका सुरक्षा निकाय प्रमुख ,गृह सचिव ,काठमाडौका तत्कालीन सि डि ओ ,राहदानी बिभाग प्रमुख ,मुख्य सचिव समेतलाई प्रतिवादी बनाउन र मुद्वा चलाउने जेनजी अगुवाले माग राखेका छन।अपराधी हरु जेलको कठघरामा उभिएको हेर्ने रहर जेनजी आन्दोलनमा साहदत प्राप्त गरेका अभिभावक र घाइते जेनजीको पनि छ।अब छिटै सरकारले कठोर निर्णय लिने पनि जेनजी युवाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा आज म सँग को भेटमा बताएका हुन।
काठमाडौं