आज २०८२ साल कात्तिक ४ गते मंगलबार, हेर्नुहोस् राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक कृष्ण पक्षको औँसी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २१ तारिख। हेर्नुहोस् आजको राशिफल

__________ बिज्ञापन____________

मेष : दिन राम्रो छ । साथीसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति होला । उपचारमा भए स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

__________ बिज्ञापन____________

वृष : दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । लगानी गर्नु उचित हुन्छ । शिक्षामा सुधारका संकेत देखिने छन् ।

मिथुन : दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंको प्रतिभाको सम्मान हुनेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ योजना बन्नेछन् ।

सिंह : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । अरुले फाइदा लुट्ने जोखिम छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । मनमा चञ्चलता थपिने छ ।

कन्या : आजको लागि तपाईंको दिन धेरै राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्ती पाउने देखिन्छ ।

तुला : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ । मित्र बढ्नेछन् । महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन सामान्य छ । सोचेको काम नबन्ने जोखिम छ । सञ्चित धन खर्च हुनेछ । आफ्नो मूल्यांकन गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बनाउने छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ । राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । परिवारसँग रमाइलो घुमघामको योग परेको छ। सञ्चित धन खर्च हुनेछ । अनावश्य यात्राको जोखिम छ । मन चञ्चल हुनेछ ।

मीन : दिन सामान्य छ । गुरुबाट नै ठगिने जोखिम छ । बोलीका कारण साथी टाढा हुनसक्छन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ । मन अशान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
58 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।