मध्ये पूर्बको डढेलोले पनि जल्न नसकेको नेपाली बहादुर नेपाली वीर ,नेपाली मान र सान हुन विपिन नेपाली ।आतंककारी हमास बिपिनको साहस र हिम्मत देखेर सपनामा पनि बर्वराउदो होला।अरु नेपाली कस्ता होलान भनेर पनि कल्पना गर्दो हो।अहिले बिपिन हामासले निभाउन नसकेको नेपाली अगुल्टो बनेका छन। दुर दराज को गाउँ बस्तीका नेपाली युवा कमाउदै सिक्दै कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए।सुदुर पश्चिमा बिश्वबिद्यालयको उदाउँदो तारा बनेर। तर दैवको लिला वा नियतिले यति बेला धावा बोलेको छ।आततायी हमासले गरेको ग्रिनेट हमलामा परि धेरै स्वदेशी तथा बिदेशी नागरिकले ईजरायलमा ज्यान गुमाउन पुगे।तर आतंककारी हमासको ग्रिनेट तेतीबेला गोर्खाली बीरका लागि आगोको झिल्को बराबर थियो ।छातिमा बुलेट छेक्ने पहिरनमा भिडेका हमास माथि उल्टै स्पात जस्तो छाती फुलाउदै नेपाली बहादुरले ग्रिनेट टिपेर हमासतिरै मिल्काउन सफल भए।नेपालीको साहस र बहादुरी देखेर हमास।बिचलित हुन पुग्यो।उअत्तालिएर बिपिन जोशी र सारा नेपाली माथि कुठाराघात गर्न पुग्यो।उमेरको चौथाई जीवन पनि बाँच्न नपाई आततायी हमासको बीभत्स र क्रुद्ध मनले बिपिन र नेपालीको आशा र भरोसा को हत्या ग-यो।
मृत्युु कसैको पनि प्रीय हुदैन ।संसार भरि छरिएका नेपाली को रमाइलो र उज्यालो पर्व तिहारको मुखमा नेपाल र नेपाली माथि शोकको बज्रपात परेको छ।दीपावली अन्धकार भएको छ।नेपालीको गरीबी ,रोग र शोक को पीडा कम गर्न सीप सिकेर नेपाल लाई समृद्धि को ढोका खोल्न र अझै सुदुर पश्चिम को लागि उदाहरणीय युवा बन्ने सपना बोकेका युवाहुन विपन भाइ।युद्धको आगो सल्केको मुलुकमा पुगेर सीप र आय आर्जन सहित परिवार देशको मुहार फेर्ने संकल्प बोकेका भर्भराउदो उमेरका नेपाली युवालाई ईजरायली र प्यालेस्टाइनी डढेलोले खर्लप्पै निल्यो।अहिले ईजरायली राजदुतले विपिन को घर पुगेर रुवावासीको नाटक मञ्न गरि माफि माग्नुको कुनै तुक छैन।यतिका समय सम्म कहिल्यै पहल कदमी किन लिएन बिपिनको सकुशल रिहाइका लागि भारतीय नागरिक किन २४घणट नबित्दै उद्वार गरिए ।
विपिन को सपना पूरा गर्ने र देशको मुहार फेर्ने समय आएको छ।अब उप्रान्त कुनै पनि नेपाली ले बिदेशी भूमिमा अमानवीय ,क्रुर र आततायी मृत्युुवर्ण गर्न नपरोस् ।कुनै दिन नेपाली ले पनि हमासलाई विपन जोशी हत्याको साँवा व्याज,सहित हिसाब किताब मिलाउने दिनको पर्खाइमा नेपाली पनि लाग्न सक्नुपर्छ ।जेनजीको नाममा भएको परिवर्तन ले त्यो बिकास र समृद्धि को रुपरेखा खिचोस।शोकाकुल परिवार जन र सारा नेपाली प्रति धैर्य धारणगर्ने शक्ति मिलोस।हार्दिक श्रद्धाञ्जली बिपिन भाइ।